२३ बैशाख २०८१, आइतबार | May 5, 2024

बाँकेमा उपचाररत ७ कोरोना संक्रमितको १२ घण्टाका बीचमा मृत्यु



नेपालगन्ज । बाँकेका २ वटा अस्पतालमा उपचाररत ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । डीसीएमसी बाँकेका अनुसार नेपालगन्ज मेडिकल कलेजमा उपचाररत २ जना र भेरी अस्पतालमा उपचाररत ५ जनाको १२ घण्टाको बीचमा मृत्यु भएको हो ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा जेठ १३ गते भर्ना भएका तुलसिपुर ४ दाङकी ४२ वर्षिय महिला र बैशाख २४ गते देखि मेडिकल कलेज भर्ना भएकी बिरेन्द्रनगर सुर्खेतकी ६३ वर्षिया महिलाको मृत्यु भएको छ । त्यसैगरि भेरी अस्पताल नेपालगन्जमा जेठ २ गते भर्ना भएका बाँसगढी ३ बर्दियाका ४२ वर्षिय पुरुष, जेठ १३ गते भर्ना भएका बागचौर ८ सल्यानका ६१ वर्षिय पुरुष, ३ गते भर्ना भएकी बढैयाताल ५ बर्दियाकी ५८ वर्षिया महिला, जेठ ८ गते भर्ना भएकी गेरुवा १ बर्दियाकी ६८ वर्षिया महिला र जेठ २ गते भर्ना भएकी तुलसिपुर १४ दाङकी २४ वर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताए । पछिल्लो १२ घण्टामा बाँकेका कोहिपनि संक्रमितको मृत्यु नभएको पनि उनले बताए ।

आजसम्ममा बाँकेका २८८ जनाको उपचारका क्रममा मृत्यु भएको छ भने जिल्ला बाहिरको मृत्यु हुनेको संख्या २८२ पुगेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  २ : २१ बजे

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा