२६ बैशाख २०८१, बुधबार | May 8, 2024

पछिल्लो २४ घण्टामा बाँकेमा थप ५ जनाको मृत्यु



नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सबै संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । पछिल्लो पटक मृत्यु हुनेमा नेपालगन्ज, बर्दिया, दाङ र रुकुमका रहेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका(१८ की ७२ वर्षीय महिलाको शनिबार बिहान ५ बजे उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको छ । यस्तै, कोहलपुर– १४ की ७० वर्षीय महिलाको शुक्रबार राति सवा ७ बजे मृत्यु भएको थियो । यस्तै, बर्दियाको गुलरिया नगरपालिका(४ का ५७ वर्षीय पुरुषको शुक्रबार साँझ ६ बजे मृत्यु भएको छ ।
यसैगरी नेपालगञ्ज ११ की ५५ वर्षीय महिलाको शुक्रबार करिब ४ बजे नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ भने रुकुमकी ६५ वर्षीय महिलाको शुक्रबार दिउँसो सवा ३ बजे मृत्यु भएको थियो ।

कोरोनाको दोस्रो महामारी सुरु भएपछि हटस्पट नै बनेको बाँकेमा केहिदिन यता संक्रमण संख्या र मृत्यु संख्यामा केही कमी आएको थियो । बाँकेमा मात्रै हालसम्म कोरोना संक्रमणबाट २९९ जनाको मृत्यु भैसकेको छ । बाहिरी जिल्लाबाट उपचारका लागि आएर पनि मृत्युवरण गरेकाहरुको संख्या ३१० पुगेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  १२ : २९ बजे

सुनकोसी मरिण डाइभर्सनको सुरुङको आज ब्रेक थ्रू

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन

सन्दीपको आक्रोश- गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासीमा चढाइयोस्

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको

राजस्थानमाथि दिल्ली २० रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन, श्रद्धापूर्वक मनाइँदै 

काठमाडौं । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको