२४ बैशाख २०८१, सोमबार | May 7, 2024

२४ घण्टाका बीचमा बाँकेमा ३ जना संक्रमितको मृत्यु, ४३ नयाँ संक्रमित थपिँदा ७९ जना डिस्चार्ज



नेपालगन्ज । बिगत ३ दिनको तुलनमा बाँकेमा आज भने कोरोना संक्रमणको दर केहि बढेको पाईएको छ । पछिल्लो १ साताबाट लगातार घट्ने क्रममा रहेको बाँकेको संक्रमण दरले आज संक्रमितको संख्यालाई ३ अंकमा पु¥याएको छ । बाँकेका ३ वटा प्रयोगशालामा भएको ३३६ नमुना परीक्षणमा ११५ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्य बाँके जिल्लाका ४३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा जिल्ला भित्रका ३ जनाको उपचारकै क्रममा मृत्यु भएको छ ।

डीसीएमसी बाँकेका अनुसार भेरी अस्पताल ल्यावमा १७८ नमुना परीक्षण भएकोमा ७३ जनामा संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेजको ल्यावमा १०२ नमुना परीक्षण भएकोमा १० जनामा र बागेश्वरी ल्यावमा ५६ नुमना परीक्षण भएकोमा २२ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टाकै बीचमा बाँकेमा जिल्ला भित्रका ३ जना सहित ७ जनाको उपचारका क्रममा मृत्यु भएको छ । आज ७९ जनाले कोरोना मुक्त भएर डिस्चार्ज पाएका छन् । बाँकेमा ४१५ जना सक्रिय संक्रमित संक्रमणबाट मुक्तिको प्रतिक्षामा रहेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ५ : २० बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,