६ पुस २०८२, आइतबार | December 21, 2025

प्रतिनिसभा विघटन मुद्दा : वरिष्ठतम न्यायाधीसहरु समेटेर संवैधानिक इजलास पुनर्गठन



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि सुनुवाइ गर्न वरिष्ठतम न्यायाधीसहरु सम्मिलित संवैधानिक इजलास गठन भएको छ ।
प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले आफ्नो नेतृत्वमा वरिष्ठतम न्यायाधीसहरुमध्येबाट इजलास गठन गरेका छन् ।
इजलासमा न्यायाधीसहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई र रहेका छन् ।

यसअघि पुष ५ को प्रतिनिनिधिसभा विघटन विरुद्ध परेको मुद्दामाथि सुनुवाइ गठन गठित इजलासमा प्रश्न उठेपछि बाहिरिएका चौंथो वरियताका न्यायाधीस हरिकृष्ण कार्की यसपटक पनि समावेश भएका छैनन भने त्यसपछिको वरियतामा रहेका अर्का न्यायाधीस विश्वम्भर श्रेष्ठ कोरोना संक्रमणका कारण होम आइसोलेसनमै रहेका छन् । त्यसैले त्यसपछिका दुई न्यायाधीस भट्टराई र खतिवडा परेका छन् ।

प्रधानन्यायाधीस राणाले यसअघि गठन गरेको संवैधानिक इजलासमा रहेका दुई जना न्यायाधीसहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठको विषयमा रिट निवेदकहरुका तर्फबाट प्रश्न उठेपछि विवादित बनेको थियो । गत मंगलबार प्रधानन्यााधीस राणाले सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुसँग वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  १० : २१ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको