२५ चैत्र २०८२, बुधबार | April 8, 2026

धामी र डाक्टर



शिरमा बिमार
खुट्टामा लाको मलम
अन्धविश्वास

पिताम्बर ओछ्यानमा लम्पसार । खोकीसंग अलिअलि रगत । ज्वरोको ताप करीब १०२.डिग्री फरेनहाइट भन्दा बढी । चिन्तामा डुबेका पत्नी बाटुली र भाई शन्ते । बाटुलीको सहानुभूति, चिन्ता नगर लु¥या, बा म धामी खोजेर ल्याउछु, सञ्चो हुन्छ ।

धामी, नारी छाम्दा छाम्दै काम्छ । बिरामीको वरिपरि मान्छेको जमघट । काम्दै–धामी भन्छ, जा हेर मनुवा,जा हेर कन्या, पूर्वतिरकी बोक्सिनीले तलाई खान खोजेकीछ । अधबैंसे काली आइमाईले तेरो कलेजो खाइरहेकीछे । बेलैमा मलाई डाकिस,नत्र ज्यान लैजाने थिई त्यसले ।

बाटुलीले सोधी, “लौ परमेश्वर, अब के गर्नु प¥यो ? हाम्रो भन्नु तिमी नै छौ महाराज परमेश्वरी जसरी हुन्छ मेरो लोग्नेलाई बचाइदेउ । तिम्रै शरणमा छौं । छिट्टै सञ्चो गरिदेउ । त्यसको लागि म जे दिन पनि तयारछु ।”

धामीले भन्छ, “आँ..हाँ..आँ..हाँ..जा हेर कन्या, त्यस चण्डाल्नीलाई भगाउन मष्ट देउताको पूजा गर्नुपर्छ, जा हेर कन्या । मष्ट देउताको पूजा गरेपछि मष्टको शक्तिले त्यो बोक्सिनी बन्दुक पट्काए झैँ भाग्छे । अनि बिरामीलाई काँडो उखेले झै हुुन्छ ।

शन्तले सोध्यो–“त्यसको लागि के के चाहिन्छ नि परमेश्वर ?”

धामीले जवाफ दियो–“त्यो सबै मेरो डाङ्ग्रे्रलाई सोध ए मनुवा । एकमुठी अक्षता विरामीको शिरभरि दलेर चौरतिर छरेर ल खा मनुवा भनेर विरामीलाई दिदै भन्यो,म अब जान्छु ।”

देउता गए धामी बाँकी रह्यो । धामीको सहयोगी लालेलाई सोध्यो । लालेले भन्यो–“कालो बोको, कुखुराको भाले,कालो धजा,खरानी,अक्षता चाहिन्छ । अहिले धामीको लागि चार अण्डा र एक बोतल रक्सी बन्दोबस्त गर्नुस भन्यो । शन्तेले भाउजुलाई भन्यो । तत्कालीन सामान तयार भयो । धामी,लाले र दलेले अण्डासंग रक्सी खाएर गए । शन्तेले भाउजुसंग पैसा मागेर सबै सामाग्री व्यवस्था ग¥यो ।

भोली पल्ट । मष्टको मन्दिरमा बोको र भोलेको बली पूजा । टपरीमा खरानीको डल्ला,कालो सेतो धजा अक्षता राखेर जङ्गलमा भएको ढुङ्गाको सानो मष्ट मन्दिरमा पूजा गरे । बोको र कुखुरा काटेर रगत मन्दिरमा चढाए । त्यही स्थान । मासु पकाए । रक्सी र चिउरा मगाएर मस्ती गरे ।

घरमा लोग्नेलाई कुरी बसेकी बाटुलीको मनमा आशाको पालुवा अलिकति पलायो । तर निरर्थक ।

बिरामी सञ्चो हुने विश्वासमा ऋण सापट गरेर बाटुलीले यथासक्य चाँडै सबै सामाग्री तयार पारेकी थिइन् ।

धामीको आकांक्षा पूरा भयो । तर बिरामीको अवस्था झन झन ओरालो झरेर जटिलतातिर चढ्दै गयो । बिरामी ओछ्यानमा छटपटी । बाटुली,शन्ते र लुरे चिन्ता मग्न ।

धर्तिमा छापिएका सूर्य सोरिदै डाडापारि पुगेका थिए । मानौं एक गोलाद्र्धबाट विदा भएर अर्को गोलाद्र्धतिर जाँदै थिए । बाटुली किंकर्तव्यविमुढ । शन्तेको मनमा कुरा खेल्दा खेल्दा उसको स्मृतिपटलमा अस्पतालमा काम गर्ने पल्लो गाउँकी नर्सको तस्वीर फुर्फुर नाच्न थाल्यो । शन्ते आफनो दाईको उपचारको विकल्प खोज्दै त्यही नर्सकाँ पुग्यो । भाउजुलाई आश्वासन दिएर ।

नर्सको मनमा परोपकारिता उम्रियो,फ्लोरेन्स नाइटिंङ्गेल सम्झेर । शन्तेको पछि लागेर आईन् र विरामीलाई परीक्षण गरी,हिस्टोरी सोधीन् । खोकी लाग्ने,ज्वरो आउने,खोकीसंग भल्भल्ती रगत आउने आदि । उनले अन्दाजी निदान गरिन् टीबी रोगको । आकस्मिक काम गर्न पर्ने भयो । तुरुन्त भरियालाई बोकाएर अस्पताल पु¥याइन्,शन्तेको साथमा । डाक्टरले शिघ्र ल्याबटेस्ट गर्न लगाए, टी बी रोग नै रहेछ । डाक्टरले तत्कालै अस्ताल भर्ना गरी औषधी चलाए । क्रमशः घण्टा,दिन,हप्ता हुँदै महिना पुगेपछि बिरामी पिताम्बर रानाको ज्यान मृत्युको मुखबाट खोसियो । उपचारको कोर्स ६,महिना ।

 

 

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ९ : ०४ बजे

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान

देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री