१ कार्तिक २०८३, आइतबार | October 19, 2026

बिगत ३ दिन देखि रुपन्देहीमा कोरोना सक्रमणको दर उकालो लाग्दै



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीमा भएको १२० नमुना परीक्षणमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा जिल्लाका होम आइसोलेशन सहित अस्पतालहरुबाट २१ जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो ३ दिनमा रुपन्देहीमा कोरोना संक्रमणको दर बढेको देखिएको छ । असार २० गते १८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २१ गते २८ जना र २२ गते ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा सक्रिय संक्रमितको संख्या पनि थपिँदै गएको छ । पछिल्लो ३ दिनमा असार २० गते ३०५ जनामात्र जिल्लामा सक्रिय संक्रमित रहेकोमा २१ गते ३२९ जना र २१ गते ३४१ जना संक्रिय संक्रमित रहेका छन् । जिल्लामा मृत्युको संख्या भने २ दिन देखि शुन्यमा झरेको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ५ : ४१ बजे

जिल्ला स्तरिय फुटबल प्रतियोगिता : उपाधिका लागि न्यू डाँफे र जय किसन भिड्ने

नेपालगन्ज । बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता २०८३ को दोस्रो

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ । काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

मुस्ताङ । यसपालीको दशैंको अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर । नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका

समाजसेवी गोपाल रानाले दसैँ खर्च कटाएर जेष्ठ नागरिकका लागि दिए २ लाख रकम

बुटवल । समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले आफ्नो दसैँ