१० भदौ २०८३, बुधबार | August 27, 2026

सर्वोच्चको फैसला विरुद्ध बुटवलमा एमालेका युवाद्वारा प्रदर्शन



बुटवल । प्रतिनिधिसभा पुनर्स्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश दिने सर्वोच्च अदालतको फैसला विरुद्ध एमालेका युवाले बुटवलमा प्रदर्शन गरेका छन् ।

एमालेको युवा संगठन युवा संघका कार्यकर्ताहरुले सर्वोच्चको फैसला विरुद्ध सडकमा प्रर्दशन गरेका हुन् ।

काठमाडौंमा एमाले युवा नेता महेश बस्नेतले फैसला विरुद्ध देशभर प्रदर्शनका लागि आफ्ना कार्यकर्ताहरुलाई आह्वान गरेलगत्तै बुटवलमा पनि उनी समर्थक युवा प्रदर्शनमा उत्रिएका हुन् ।

बुटवलको राजमार्ग चौराहमा भेलाभएका प्रदर्शनकारी युवाले ‘गैर संवैधानिक परमादेश खारेज गर’ भन्दै नारावाजी गरेका छन् ।

प्रहरीले फैसलाको विरुद्ध र समर्थनमा प्रदर्शन हुनसक्ने आंकलन गर्दै बिहानैदेखि सुरक्षा अवस्था कडा बनाएको थियो । प्रदर्शनका क्रममा राजमार्ग चौराह क्षेत्र लगायत बुटवलका विभिन्न स्थानमा प्रहरी परिचालन गरिएको छ ।

एमालेका युवाले काठमाडौंका विभिन्न स्थानमा गरेको प्रदर्शनमा प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा विरुद्ध नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ५ : ०९ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट