२९ श्रावण २०८३, शुक्रबार | August 15, 2026

आज ईदुल अज़हा ‘बकर ईद’ अर्थात बलिदानको पर्व : नेपाली मुसलमानहरुले धुमधामका साथ मनाउँदै



बुटवल । इस्लामले मुस्लिम समुदायका लागि दुईवटा पर्व मुख्य रुपमा प्रचलनमा ल्याएको छ । समुदायमा ईदुल फित्र मुख्य पर्वकारुपमा रहेको छ भने ईदुल अज़हा अर्को महत्वपूर्ण पर्वका रुपमा मनाउने गरिएको छ । सामान्य बोलिचालीको भाषामा ईदुल अज़हालाई बकर ईद पनि भन्ने गरिन्छ ।

दुईमध्ये पहिलो पर्व ईदुल फित्र अरबी पात्रोको नवौं महिना रमजानका २९ वा ३० दिन रोजा राखेको खुसियालीमा मनाइन्छ भने दोस्रो पर्व ईदुल अज़हा धर्म रक्षाका लागि पुर्वजहरुले गरेको बलिदानको सम्झना स्वरुप मनाउने गरिन्छ । यसलाई कुर्बानीको पर्व पनि भनिन्छ ।

आजभन्दा चार हजार वर्ष पहिला ईस्लामको धर्मगुरु हजरत इब्राहिमले अल्लाहको सङ्केत पाउँदा आफ्नो छोरालाई ईश्वरको नाममा समर्पणका लागि तयार भएका थिए। त्यही समयमा अल्लाहको कृपाबाट छोराको बदलामा भेडाको कुरबानी गर्ने स्वीकृति भएको थियो। यो कुर्बानी गर्नुको अर्थ मुसलमानहरू त्यसै भावनालाई ताजा गर्दछन् जो हजरत इब्राहिमले अल्लाहसमक्ष समर्पण गरेका थिए। कुर्बानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरको लागि हो भन्ने भावना जागृत गराउनु हो। अल्लाहका लागि बलिदान दिन तयार छौं भन्ने सन्देश यो पर्वले प्रतिबिम्बित गर्ने गर्दछ ।

ईद चाड सकिएको अढाई महिनापछि हिजरीको जिहहिला महिनाको १० तारिखका दिन ईद उल अदाहा चाड मनाउँदछ्न् । यस चाडमा नेपाली मुसलमानहरु राँगा, बोकाको बलि दिन्छन् भने अरब र ईस्लाम बाहुल्य देशहरुमा गाईको बलि दिने गर्दछन् । बलिदानबाट आएको मासुलाई तिन भागमा लगाई एक भाग आफुले खान्छ्न् । दोश्रो भाग नाता कुटुम्ब र छरछिमेकलाई बाँडिदिन्छन् र तेस्रो भाग चाँही गरिब असहायहरुलाई दान गर्दछ्न् । जनावरको छाला बिक्रीबाट जम्मा भएको रकम गरीबहरूलाई बाँड्ने चलन पनि रहेको छ।

ईद उद अदाहाका दिन यस दिन बिहान सबै मानिस मुसलमानहरूको एकता बाहुल्य र शानको प्रदर्शन गर्ने उद्देश्यका साथ घरबाट निस्किन्छन, त्यसपछि अल्लाहसँग प्रार्थना गर्न सबै एकत्रित हुन्छन्। ईदको नमाज मस्जिदबाट अलग्गै बस्तीबाट केही टाढा बाहिर खुला मैदानमा पढिन्छ ।

नमाज पढ्ने स्थानलाई ईदगाहा भनिन्छ । नमाजका लागि जाँदा सबै मुसलमान यो जप पढ्दै हिंड्छन ‘अल्लाहू अक्बर, अल्लाहु अक्बर, लाईलाह इल्लल्लाहु वल्लाहु अक्बर अल्लाहु अक्बर वलिल्लाहिल् हम्द’, यसको नेपाली अर्थ ‘अल्लाह सबैभन्दा महान् छन्, अल्लाह सबैभन्दा महान् छन्, उनका अतिरिक्त पूज्य कोही छैन, अल्लाह सबैभन्दा महान छन्, अल्लाह सबैभन्दा महान छन्, सबै प्रशंसा अल्लाहकैलागि हुन् ।’

ईदुल अज़हाका बिहानै इदगाहामा नमाज पढेपछि नमाजबाट फर्किएर यथाशक्य कुर्बानी (पशुबली) गर्छन्। सक्नेले राँगो, खसी, बोका लगायतका जनावरलाई अल्लाहको नाममा समर्पण गरेर यो पर्व मनाउने गरिन्छ । कुर्बानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरको लागि हो भन्ने भावना जागृत गराउनु हो। कोरोना कहरका कारण ईद उल फित्रमा जस्तै ईदुल अज़हाको नमाज पनि नेपाली मुसलमानहरुले घर मै नमाज पढेर मनाएका छन् । कतिपय स्थानमा निषेधाज्ञा अुकुलो बनाएको फाईदा उठाउँदै इदगाहा पुगेर नमाज पढेका छन् ।

सरकारले यसै वर्षबाट मुस्लिम समुदायले ईद उल अदाहाका दिन सार्वजानिक बिदा दिएको छ । बिदाको दिन बिभिन्न शैक्षिक संस्थाहरुले परीक्षा स्थगित नगरेको समुदायको गुनासो छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ८ : ३९ बजे

चौथो रुपन्देही खुला फुटसलमा पहिलो दिन १२ खेलहरु सम्पन्न

बुटवल । बुटवलमा चौथो रुपन्देही खुला फुटसल प्रतियोगिता २०८३ मा

बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द

म्याग्दी । जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा

ईक्यान रुपन्देही र नियोपोलीस युनिभर्सिटी पाफोस साइप्रसबीच अन्तरक्रिया सम्पन्न

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देहीको आयोजना तथा

संवैधानिक इजलासको छनौटपूर्ण गठन एवं तोक आदेशले मुद्दा तोक्ने निर्णय सच्याउन नेपाल बारको माग

काठमाडौं । नेपाल बार एशोसिएसनले संवैधानिक इजलासको छनोटपूर्ण गठन र

देशको अवस्था संवेदनशील छ, कांग्रेसले राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ गर्न भूमिका खेल्नुपर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशको वर्तमान राजनीतिक