१२ पुस २०८२, शनिबार | December 27, 2025

दुई लाखसहित जुवाखालबाट आठ जना पक्राउ



वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरस्थित एक होटलमा जुवाखालबाट दुई लाख रुपैयाँसहित प्रहरी आठ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलीले वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेतको जुम्ला रोडस्थित सकुन्तला न्यौपानेले सञ्चालन गरेको सुर्खेती स्टाप होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-२ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-३ तातोपानीमा बस्ने ३० वर्षीय किरण विष्ट, वीरेन्द्रनगर नगरपालिका-६ रातोपुल नजिक बस्ने २२ वर्षीय बखत शाही र डुङ्गेश्वर गाउँपालिका-४ स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका-४ खोर्केलाइन बस्ने ३० वर्षीय लोकबहादुर बुढा रहेका छन् ।

त्यस्तै गुराँस गाउँपालिका-१ स्थायी घर भई वीरेन्द्रनगर नगरपालिका-४ भैरवस्थान बस्ने ३० वर्षीय पदम सलामी मगर, सुर्खेत चिङगाड गाउँपालिका घर भई वीरेन्द्रनगर-४ भैरवस्थान बस्ने ४० वर्षीय बलबहादुर बाह्रघरे, वीरेन्द्रनगर नगरपालिका-४ खोर्केलाई बस्ने गुराँस गाउँपालिका-६ दैलेख निवासी २८ वर्षीय यामबहादुर रोकाय र तुर्माखाँद गाउँपालिका-३ अछाम स्थायी घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ बस्ने ३५ वर्षीय जीवन शाहीलाई पक्राउ गरिएको लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक घर्तीले जानकारी दिए ।

होटलमा पैसाको हारजीत हुने गरी जुवातास खेलिरहेको अवस्थामा उनीहरुसहित जुवाखालबाटै दुई लाख १४ हजार ९७० नगद र दस्तखत गरिएका विभिन्न बैंकका ११ थान चेक पनि बरामद गरिएको छ ।

त्यसैगरी प्रभु बैंकको चार लाख लेखिएको दस्तखतसमेत भएको एक थान चेक, एनएमबि बैंकको ४९ हजार रकम उल्लेख गरी दस्तखत गरिएको एक थान चेकका साथै जुवा खेल्न प्रयोग गरिएको एक गड्डी तास र तास खेल्न बिच्छ्याइएको एक थान लिउ पनि रीतपूर्वक बरामद गरिएको उनले बताए ।

जुवाडेसहित होटल सञ्चालक डुङ्गेश्वर गाउँपालिका-५ स्थायी घर भई वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेत भैरवस्थान बस्ने २६ वर्षीय शकुन्तला न्यौपानेसमेतलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रासस

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ८ : ३३ बजे

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

‘नयाँ-पुरानो होइन, एजेन्डा र गन्तव्य महत्वपूर्ण’ – महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ वा

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा । चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

काठमाडौं । नेपाल सरकारले सनातन वैदिक दर्शन, संस्कृत शिक्षा तथा

रास्वपाको समानुपातिक उम्मेदवार छनोट आजदेखि, ३८० आकांक्षीबीच आन्तरिक मतदान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक