१६ बैशाख २०८१, आइतबार | April 28, 2024

गुल्मीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु



गुल्मी । गुल्मीमा यात्रुबाहक जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । गुल्मीकै शान्तिपुरबाट तम्घास आउँदै गरेको यात्रुबाहक जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ ।

सदरमुकाम तम्घास आउने क्रममा मुसिकोट नगरपालिका वडा नम्बर ४ ईन्द्रगौंडा नजिकै दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना भएको गुल्मी प्रहरी प्रवक्ता पुरुषाेत्तम पाण्डेले जानकारी दिए । जीपमा १० जना सवार रहेको बताईएको छ ।

प्रहरीका अनुसार मृतक मध्य २ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा चन्द्रकोट शान्तिपुरका तेजेन्द्र थापा र चन्द्रकोट ५ हरेवामा रेशम कार्की रहेका छन् । एकजना महिलाको सनाखत हुन बाँकी रहेको डीएसपी पाण्डेले बताए ।

जीप सडकबाट ५ सय मिटर तल खसेको र उद्दार कार्य जारी रहेकाले मृतकको संख्या थपिन सक्ने अनुमान गरिएको छ । दुर्घटनाको कारणका बिषयमा अनुसन्धान भईरहेको डीएसपी पाण्डेले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १२ : ५९ बजे

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई