३ पुस २०८२, बिहिबार | December 19, 2025

तुइन घटनाको छानविन गर्न गृह मन्त्रालयबाट छानविन समिति गठन



काठमाडौं । भारतीय एसएसबीले तुइन काटिदिएपछि माहाकाली नदिमा खसेर एक नेपाली युवकको मृत्युको सम्बन्धमा गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ । मन्त्रालयले घटनाको सम्बन्धमा स्थलगत छानबिन गरी सत्य तथ्यसहित १० दिन भित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।

गृहमन्त्री स्तरको निर्णयबाट गठन गरिएको छानविन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य रहेका छन्।

गत शुक्रवार बिहान दार्चुलाको ब्यास गाउँपालिका २ मालघाटमा तुइन प्रयोग गर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीय जयसिंह धामी बेपत्ता भएका थिए । धामी अझै फेला परेका छैनन् । भारतीय पक्षले भने घटनामा एसएसबीको संलग्नता नरहेको जवाफ नेपाल तर्फको स्थानीय प्रशासनलाई दिइसकेको छ।

बेपत्ता धामीका परिवारका सदस्यले भारतीय प्रहरीमा एसएसबीका विरुद्ध एफआईआर दर्ता गराएको छ भने जिल्ला स्थानीय प्रशासनबाट पनि सुरक्षा अङगका अधिकारीहरुलाई घटनाको सत्यतथ्य पत्ता लगाउन खटाईसकेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ११ : ३१ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको