६ भदौ २०८३, शनिबार | August 22, 2026

माओवादी अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता नेपालबीच भेटवार्ता



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

कोटेश्वरस्थित नेता नेपालको निवास नजिकको एक घरमा भएको भेटवार्तामा प्रचण्डले दलहरुबीच हालसम्म जारी गठबन्धनको विषयमा छलफल गरेका छन् । नेता नेपालको आफ्नै पार्टीको संस्थापन पक्षसँग सहमतिका लागि प्रयास जारी रहेका बेला भएको भेटलाई अर्थपूर्ण रुपमा मानिएको छ । प्रचण्डले दुई दिन अघि बसेको माओवादी स्थायी समिति बैठकमा नेपाल पक्ष अब सरकारमा आउने सम्भावना नरहेको बताएका थिए । सोही दिन बिहान पनि उनले नेपाललाई भेट गरेका थिए ।

नेपाल पक्षकै कारण सत्तारुढ गठबन्धन मन्त्रिपरिषद् विस्तार गर्न अलमलमा परेको छ । दुई नेताबीचको आजको वार्तालाई सरकारमा सहभागी हुने या नहुने विषयको निर्णायक वार्ता पनि मानिएको छ । नेपाल पक्षभित्र सरकारमा जानुपर्ने र सरकारमा जान नहुने विषयमा समेत विवाद रहेको छ । उता, नेपाल पक्षलाई केही ठाउँ खाली छोड्दै संस्थापन पक्षले एमालेको संगठनात्मक गतिविधिलाई अघि बढाइसकेको । अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई देशद्रोही गद्दारसम्मको आरोप लगाएका छन् । यद्यपी, ओली पक्षकै एकता चाहने नेताहरुले भने अझै पनि नेपालसहित उनी पक्षलाई पार्टीमा समाहित गर्नुपर्ने बताइरहेका छन् ।
नेता नेपाल र ओलीबीच आजै भेट गराउन एमालेको संस्थापन पक्ष र नेपाल पक्षका वार्ताकारहरुले प्रयास गरिरहेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १० : २७ बजे

पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका

देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ