२९ मंसिर २०८२, सोमबार | December 15, 2025

माओवादी अध्यक्ष प्रचण्ड र एस अध्यक्ष माधव नेपालबीच भेटवार्ता



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा सत्तारुढ गठबन्धन दलका दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो । भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सरकारका हालसम्मका काममा समीक्षा र समसामयिक विषयमा छलफल भएको बताइएको छ । मन्त्रिपरिषद् विस्तार हुन नसक्दा सरकारको आलोचना बढिरहेको छ । गठबन्धनको बैठकमा तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएपनि त्यसो हुन सकेको छैन । यद्यपी एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले भदौ २२ गतेअघि विस्तार नगर्न सुझाव दिइएको बताइएको छ । निर्वाचन आयोगले २२ गतेसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय दिएको छ ।

दुई शीर्ष नेताको बैठकमा एमसीसीबारे पनि छलफल भएको आंकलन गरिएको छ । एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरिरहेको छन् भने केही दिनभित्रै एमसीसीका उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणमा आउन लागेकी छिन् । प्रधानमन्त्री देउवाले सुमार आउनुअघि नै एमसीसीबारे दलहरुबीच सहमति होस भन्ने चाहेका छन् । तर, माओवादी केन्द्र र एकीकृत समाजवादी भने अहिलेकै अवस्थामा एमसीसी अनुमोदन गर्न नहुने पक्षमा रहेका छन् ।

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  १२ : १४ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ