२४ बैशाख २०८१, सोमबार | May 6, 2024

पछिल्लो ३ महिनामा पहिलो पटक कोरोना संक्रमणको दर ३ अङ्कमा सीमित, शनिबार थपिए ९१४ संक्रमित



काठमाडौं । लामो समेयपछि नेपालमा कोरोना संक्रमणको दर ३ अङ्कमा झरेको छ । पछिल्लो २४ घण्टाको अवधिमा देशमा ९ सय ९४ जनामा मात्र कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

९ हजार ८४० जनाको कोरोना परीक्षण गर्दा ९ सय १४ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७७७ तथा एन्टिजेन विधिबाट २१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा कोरोना सङ्क्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।

हालसम्म देशमा पीसीआर विधिबाट ७ लाख ७६ हजार ३२५ जना र एन्टिजेन विधिबाट ८६ हजार ६२१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार ३५५ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ३६८ जना निको भएका छन् । नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ३८ हजार ३४ जना निको भएका छन् । नेपालमा निको हुने दर ९५ दशमलव १ प्रतिशत पुगेको छ ।

हालसम्म १० हजार ९३६ जनाले कोरोना संक्रमणका काण ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ५ : १४ बजे

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका-४ स्थित

सात हजार पशुपन्छीको उपचार

कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच