२९ मंसिर २०८२, सोमबार | December 15, 2025

पूर्व मुख्यमन्त्री पोखरेल विरुद्दको अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गर्न प्रहरीले आनाकानी गरेको माओवादी केन्द्रको आरोप



बुटवल । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेल सहित ४ जना विरुद्ध प्रदेशसभा सदस्य बिमला खत्री वलीले दिएको उजुरी दर्तामा प्रहरीले आनाकानी गरेको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताएका छन् । सोमबार इलाका प्रहरी कार्यालय बुटवलमा बुझाएको उजुरीका विषयमा प्रहरीले कारवाही अगाडि नबढाएको बताए ।

उनले प्रहरीले उजुरी रोक्न खोजेको आरोप लगाउँदै प्रहरीले निहु खोजेको बताए । रुपन्देही प्रहरी प्रमुखसँगको सल्लाहमा इलाका प्रहरी कार्यालय बुटवल मार्फत उजुरी बुझाईएको र प्रहरीले उजुरी बुझेको भरपाई समेत गरेको बताउँदै घर्तीले उजुरी बुझेको २ दिन सम्मपनि कारवाही प्रक्रियामा नलगेर प्रहरीले निहु खोजेको बताए । ‘उनीहरुले उजुरी रोक्न खोजेका छन्, डीआईजीलाई भनेर आज दर्ता गरिन्छ,’ उनले भने, -‘निहु खोजिरहेका छन्, ज्याद्रै निहु खाजे यीनको पनि औषधी गरिन्छ ।’

घर्तीका अनुसार माओवादी केन्द्रले बुटवलबाटै उजुरी दर्ता गराउन खोजेपनि अपहरणको शुरुवात दाङबाट भएको भन्दै रुपन्देही प्रहरीले उजुरी दाङ पठाईदिने भन्दै बुझेको थियो । दाङबाट चल्ने मुद्दा भएको भन्दै प्रहरीले उजुरी बुझेकै दिन दाङ पठाउने प्रतिबद्धता जनाएपनि कार्यान्वयन नगरेको घर्तीले गुनासो गरे ।

माओवादी केन्द्रको निर्णयमा सांसद वलीले पूर्व मुख्यमन्त्री पोखरेल सहित एमाले मुख्य सचेतक भुमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई अपहरण तथा शरीर बन्धकको अभियोगमा हदैसम्मको कारबाहीको माग गर्दै किटानी उजुरी दायर गरेकी थिईन् ।

रुपन्देही प्रहरीले उजुरीलाई दाङ पठाउने प्रक्रियामा रहेको बताएको छ । उजुरी आएको स्विकार गर्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरले दाङ पठाउने तयारी भएको जानकारी दिए ।

प्रकाशित मिति : ३० भदौ २०७८, बुधबार  ८ : ५९ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले