२० असार २०८३, शनिबार | July 5, 2026

पूर्व मुख्यमन्त्री पोखरेल विरुद्दको अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गर्न प्रहरीले आनाकानी गरेको माओवादी केन्द्रको आरोप



बुटवल । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेल सहित ४ जना विरुद्ध प्रदेशसभा सदस्य बिमला खत्री वलीले दिएको उजुरी दर्तामा प्रहरीले आनाकानी गरेको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताएका छन् । सोमबार इलाका प्रहरी कार्यालय बुटवलमा बुझाएको उजुरीका विषयमा प्रहरीले कारवाही अगाडि नबढाएको बताए ।

उनले प्रहरीले उजुरी रोक्न खोजेको आरोप लगाउँदै प्रहरीले निहु खोजेको बताए । रुपन्देही प्रहरी प्रमुखसँगको सल्लाहमा इलाका प्रहरी कार्यालय बुटवल मार्फत उजुरी बुझाईएको र प्रहरीले उजुरी बुझेको भरपाई समेत गरेको बताउँदै घर्तीले उजुरी बुझेको २ दिन सम्मपनि कारवाही प्रक्रियामा नलगेर प्रहरीले निहु खोजेको बताए । ‘उनीहरुले उजुरी रोक्न खोजेका छन्, डीआईजीलाई भनेर आज दर्ता गरिन्छ,’ उनले भने, -‘निहु खोजिरहेका छन्, ज्याद्रै निहु खाजे यीनको पनि औषधी गरिन्छ ।’

घर्तीका अनुसार माओवादी केन्द्रले बुटवलबाटै उजुरी दर्ता गराउन खोजेपनि अपहरणको शुरुवात दाङबाट भएको भन्दै रुपन्देही प्रहरीले उजुरी दाङ पठाईदिने भन्दै बुझेको थियो । दाङबाट चल्ने मुद्दा भएको भन्दै प्रहरीले उजुरी बुझेकै दिन दाङ पठाउने प्रतिबद्धता जनाएपनि कार्यान्वयन नगरेको घर्तीले गुनासो गरे ।

माओवादी केन्द्रको निर्णयमा सांसद वलीले पूर्व मुख्यमन्त्री पोखरेल सहित एमाले मुख्य सचेतक भुमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई अपहरण तथा शरीर बन्धकको अभियोगमा हदैसम्मको कारबाहीको माग गर्दै किटानी उजुरी दायर गरेकी थिईन् ।

रुपन्देही प्रहरीले उजुरीलाई दाङ पठाउने प्रक्रियामा रहेको बताएको छ । उजुरी आएको स्विकार गर्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरले दाङ पठाउने तयारी भएको जानकारी दिए ।

प्रकाशित मिति : ३० भदौ २०७८, बुधबार  ८ : ५९ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी