२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

संविधान दिवसमा वाङ्गलाको रक्तदान



बुटवल । संविधान दिवसको अवसरमा वाङ्गला सम्पर्क समाज, रुपन्देहीले बृहत रक्तदान कार्यक्रम गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी, रक्त संचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा केन्द्रको परिसरमा आईतबार रक्तदान गरिएको हो ।

एक समारोहका बिच समाजका अध्यक्ष कृष्ण प्रसाद भट्टराई र स्वयंसेवी रक्तदाता संघका अध्यक्ष कृष्ण चौहानले रक्तदाता कृष्ण प्रसाद अधिकारीलाई ब्लड ब्याग हस्तानन्तरण गरि कार्यक्रमको उदघाटन गरेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष चौहानले रक्तदानमा रुपन्देही नमुना जिल्ला भएको भन्दै यहाका संघसंस्थाहरुको निरन्तर सहयोगबाट सफलता मिलेको बताए ।

कार्यक्रममा समाजका भानुभक्त भुसाल, सीता खनाल एसि, बिष्णु अधिकारी, रुद्रनाथ खनाल,  विजय पोखरेल, निर्मला श्रेष्ठ, स्वस्तिक पान्डे, सरिता भुसाल, पिताम्वर अधिकारी, बाबुराम भुसाल, दृस्टी कार्की, मिलन अधिकारी, अपेक्षा अधिकारी लगायतले ४० जनाले रगत दान गरेको समाजका उपाध्यक्ष प्रकाश मणि खनालले बताए ।

कार्यक्रममा रक्तदाताहरुलाइ समाजका कुलचन्द्र भुसाल र शिव अधिकारी, कार्यक्रम संयोजन उपाध्यक्ष अनिता केसि, सचिव चिरञ्जीवी भट्टराईले प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ७ : १२ बजे

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज