१९ बैशाख २०८१, बुधबार | May 2, 2024

‘कांग्रेसले कम्युनिष्टमाथि निषेधको राजनीति गर्दा पञ्चायत आयो, मदन भण्डारीले ढाले’-अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसकै कारण राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लाद्न पाएको दाबी गरेका छन् । श्वेतशार्दूल (मदन भण्डारी) पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २००७ सालको क्रान्तिपछि कांग्रेसले कम्युनिस्टमाथि निषेधको राजनीति गर्दा पञ्चायत आएको आरोप लगाएका हुन् ।

‘कांग्रेसको सुरुदेखि नै एउटा प्रवृत्ति देखायो । राणा प्रधानमन्त्री हुँदा बरु कम्युनिस्ट पार्टीले सहकार्य गर्न पायो । तर, कांग्रेसले पुष्पलालजस्ता कम्युनिस्टमाथि प्रतिबन्ध लगायो । निषेधको राजनीति गर्‍यो । ०१७ साल कसरी आयो भने प्रगतिशील शक्ति दबाउने र प्रतिक्रियावादी शक्तिसँग सहकार्य गर्दा आयो । राजनीतिक शक्तिबीच एकता नभएको र दलहरूबीच फाटोको फाइदा प्रतिक्रियावादीले लिए,’ ओलीले भने ।

०१७ सालपछि पुष्पलालले अग्रपंक्तिमा ‘कु’ विरुद्ध लडेको, कांग्रेसका नेता कार्यकर्ताको रिहाइको माग गरेको उल्लेख गर्दै ओलीले पुष्पलालले मिलेर जाउँ भन्दा बिपीले अस्वीकार गरेको र बिपीसँग पुष्पलाल मिलेर जान नसकेको बताए ।

तर, मदन भण्डारीले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई कन्भिन्स गरेर ०४६ मा संयुक्त जनआन्दोलन सफल भएको र निरंकुश पञ्चायत ढाल्न सफल भएको ओलीको भनाइ थियो । ‘यसबीचमा संसदीय निर्वाचन गराउने, संविधान बनाउने, संसदलाई कसरी अगाडि बढाउने कामहरू भए । सामाजिक न्याय समानताको प्रश्नलाई कसरी हल गर्ने भनेर मदन भण्डारीले सिलसिलेवार विचार दिनुभयो । सही विचार निकाल्ने र सम्प्रेषण अत्यन्तै प्रभावकारी ढंगले गर्नुभयो,’ उनले भने ।

०४७ सालको संविधानमा पनि भण्डारीले केही बुँदामा असहमति जनाएको र ती असहमतिहरू ४ जेठ ०६३ मा आइपुगेर पुनर्स्थापित संसदमा पेस भएको स्मरण गरे । ‘मदन भण्डारीका सामाजिक न्याय र समानताका प्रश्नलाई पत्नी विद्यादेवी भण्डारीले सर्वदलीय सहमति जुटाएर पुनर्स्थापित संसदमा चार बुँदे पेस गर्नुभयो । महिलालाई ३३ प्रतिशत, अंशवण्डाको अधिकार लगायतका कुराहरू अगाडि बढाउनुभयो । जसले पछि संविधानमा स्थान बनायो । अहिले हामी अघि बढ्दैछौं,’ उनले भने ।

नेपाली समाजको स्थिति के हो, यसलाई कसरी अगाडि बढाउने भनेर मदन भण्डारीले बाटो देखाएको ओलीको भनाइ थियो । ‘परिवर्तन मौलिक ढंगले हुन्छ । विचारधारा प्रयोगबाट निस्किन्छ भन्ने देखाए । विचार युगीन हुन्छ । चिन्तनहरू व्यवहारबाटै सिर्जना हुन्छ । मदन भण्डारी त्यहीँ बाटोबाट अघि बढ्दै जाँदा जनताको बहहुदलीय जनवाद आयो,’ उनले भने ।

मदन भण्डारीले समाजलाई योगदान, मार्गदर्शक गर्ने, अनुपयुक्त समाजलाई उपयुक्त मार्गतिर लाने, विचारमा संगठित गर्ने, मानव समुदायलाई प्रतिनिधित्व गर्ने त्यसलाई एउटा वैचारिक आन्दोलन गर्ने अगाडि बढाउने काम गरेको र उनको जीवन असाधारण गतिमय रहेको ओलीको भनाइ थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ५ : ३८ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका