५ पुस २०८२, शनिबार | December 20, 2025

छिट्टै सरकारमा जान्छौं : माधव नेपाल



हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी छिट्टै सरकारमा जाने बताएका छन् ।

शनिवार मकवानपुर जिल्लाको सपथ ग्रहण तथा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा(एकीकृत) छिट्टै सरकारमा सहभागी हुने बताएक हुन् । नेपालले आफ्नो पार्टी देशलाई परिवर्तनको दिशामा हिडाउन, लोकतन्त्रलाई जोगाउन र देशको प्रतिष्ठा बचाउनमा क्रियाशिल हुने दाबी गरे । उनले भने, ‘नेकपा(एकीकृत समाजवादी) पनि यो सरकारमा सहभागी हुनेछ । यो देश हाक्नेछ । यो देशलाई परिवर्तनको दिशामा अगाडी बढाउने छ । हाम्रो चिन्ता लोकतन्त्रलाई जोगाउने हो । जनताको सेवा गर्ने हो । देशको इजजत र प्रतिष्ठा बचाउने हो ।’

अध्यक्ष नेपालले गठबन्धनका विचमा सहकार्यको संस्कृति विकास गर्ने पनि बताए । उनले गठबन्धनसँग मिल्दै प्रदेशमा पनि संयुक्त सरकार चलाउने बताए । ‘सहकार्यको संस्कृति विकास गर्नुपर्नेछ । प्रदेशमा पनि सामुहिक रुपमा सरकार चलाउन चाहान्छौँ । राम्रो मान्छेलाई प्रोत्साहित गर्न चाहान्छौँ । योग्यता क्षमता भएको मान्छेलाई हुर्काउन चाहान्छौँ’, नेपालले भने ।

अध्यक्ष नेपालले एकीकृत समाजवादीको संगठन स्थानीय तहसम्म मजबुद रहेको दाबी गरे ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ६ : ३६ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र