२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

प्रतिनिधिसभा चल्न सकेन, ताजा जनादेशका लागि निर्वाचन आवश्यक छ : एमाले अध्यक्ष ओली



काठमाडौं । आफ्नै निर्देशनमा संसद चल्न नदिएर लगातार अवरुद्ध पारिरहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद चल्न नसकेकाले निर्वाचनमा जानुपर्ने बताएका छन् । सत्तामा रहँदा संसदको औचित्य छैन भन्दै संसद विघटन गर्ने र सत्ताबाट बहिर्गमन भएदेखि नै संसद चल्न नदिने रणनीति बनाएका अध्यक्ष ओलीले प्रमख सञ्चारमाध्यममा सम्पादकहरु बोलाएर संसद चल्न नसकेकाले निर्वाचनमा जानु पर्नेमा जोड दिएका हुन् ।

मंगलबार प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुलाई बोलाएर ओलीले प्रतिनिधिसभा संसद चल्न नसकेको भन्दै ताजा जनादेश आवश्यक रहेको बताए । ‘अहिले पनि भन्छु, निर्वाचन आवश्यक छ ।’ अध्यक्ष ओलीले भने ।

उनले सरकार गठन भएको साढे २ महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसकेको र देश अकर्मन्य अवस्थामा रहेको बताउँदै ताजा जनादेशमा जानुपर्नेमा जोड दिए ।

‘उहाँहरुले नै गराए हुन्छ । गठबन्धन छँदैछ, मिलेर चुनाव लड्छौं भनेकै छन् ।’ पाँच दलिय गठबन्धन तर्फ संकेत गर्दै ओलीले भने ।

‘समय खेर फाल्नु हुँदै ताजा जनादेशमा गएर देशलाई गतिशिल बनाउनुपर्छ’ उनले भने ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १० : ०३ बजे

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक

पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल र करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा