४ पुस २०८२, शुक्रबार | December 19, 2025

आफुले चाहे वर्तमान सरकार एक हप्तामा ढाल्न सकिन्छ : एमाले अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारमा लोभी पापीमात्रै रहेको बताएका छन् । बुधबार एमालेको वागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारमा लोभी पापीमात्रै रहेकाले अलिकति बिलो लगाउने हो भने सरकार ढल्ने बताएका हुन् । उनले आफूहरूले चाहे देउवा सरकार एक सातामा ढाल्न सक्ने दावी समेत गरे ।

ओलीले एमालेको उद्देश्य अभिष्ट सरकार बनाउने नभइ देश बनाउने भएको दावी गरे । । ‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा ढल्छ । यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं ।’ उनले भने ।

उनले ‘अर्ली इलेक्सन’ भए आफुहरु मान्न तयार रहेको बताउँदै एमालेलाई सबै तहको जिर्वाचनमा विजय चाहिएको बताए । ‘अर्ली इलेक्सन भए ठिकै छ, तर यो सरकारले देशको असाधारण बहुमूल्य समय खेर फालिरहेको छ ।’ ओलीले भने, -‘हाम्रो निशाना चुनावको तयारी ।’

ओलीले सरकार आलोचना गर्न पनि लायक समेत नरहेको टिप्पणी पनि गरे ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ११ : २६ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज