११ पुस २०८२, शुक्रबार | December 26, 2025

प्रहरीसँगको झडपमा ६ वकिल घाइते, बारले शुक्रबार सबै इजलास बहिष्कार गर्ने



काठमाडौं । नेपाल बार एसोसियसनले शुक्रबार सर्वोच्च अदालतमा सम्पूर्ण इजलास बहिष्कार गर्ने भएको छ ।

शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै त्यसको विरोधमा बारले इजलास बहिष्कारको घोषणा गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच आज झडप हुँदा बार महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमण कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएको बताइएको छ ।

आफूहरूको प्रदर्शनमा प्रहरीले एक्कासि हस्तक्षेप गरेर माइक खोसेको बारले आरोप लगाएको छ । प्रहरी हस्तक्षेपको विरोधमा शुक्रबार बन्दी प्रत्यक्षीकरणका मुद्दाका इजलास पनि बहिष्कार गरिने बारको भनाइ छ ।

अधिवक्ताहरूले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्नेलगायत विभिन्न माग राखेर चर्का नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  १ : ३६ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको