३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

प्रधानन्यायाधीश हटाउँदैमा न्यायालयमा सुधार हुँदैन : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश हटाउँदैमा न्यायालयमा सुधार नआउने बताएका छन् ।

प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन ज्ञापनपत्र बुझाउन गएको नेपाल बारको टोलीसँग कुरा गर्दै अध्यक्ष ओलीले जबरालाई महाअभियोग लगाउँदैमा न्यायालयमा सुधार आउन नससक्ने बताएका हुन् ।

ओलीले अदालतलाई बिगार्न धेरै तत्वहरु लागेको दाबी गरे । ओलीले भने तपाईंहरुको कुरा थुप्रै जायज छ’ तर प्रधानन्यायाधीशको राजीनामा प्रस्थान विन्दु होइन, अन्त्य हो । त्यसबाट न्यायिक सुधार अगाडि जान्छ भन्ने होइन, पूर्णविराम लगाउने कुरा हो ।’

ओलीले आफुहरुसँग महाअभियोग लगाउन आफुहरु निर्णायक नभएको बताए । प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई इंगित गर्दै ओलीले उनीहरु नै महाअभियोग लगाउने पक्षमा नभएको प्रष्ट भएको जिकिर गरे । उनले सत्ता गठबन्धनले अदालतमा सेटिङ मिलाएकै कारण समस्या उत्पन्न भएको दाबी गरे ।

ओलीले प्रधानमन्त्री हुँदा अदालतमा लिखित जवाफ पठाउन मात्रै ५६ हजार हस्ताक्षर गरेको टिप्पणी गरे । आफूविरुद्ध धेरै मुद्दा परेको भन्दै उनले भने ‘हरेक माइन्युट अदालत लिएर जानुपरेको थियो ।’

 

 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ३ : ३६ बजे

प्रहरी सङ्गठनलाई सक्षम, व्यवसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र

एमाले केन्द्रीय कार्यालयको सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं। एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ

महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्च कांग्रेसले आफ्नै खर्चमा मर्मत गर्ने

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको

कांग्रेस खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यमा ललितपुर

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएका