४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमाले केन्द्रीय कमिटी बैठक, १५ एजेण्डामा छलफल हुने



काठमाडौं । शनिबार (आज) देखि सुरु हुने नेकपा एमाले केन्द्रीय कमिटीमा बैठकमा १५ वटा एजेण्डामा छलफल हुने भएको छ ।

१०औं महाधिवेशन पछिको दोस्रो केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य चयनदेखि शपथग्रहण गर्न बाँकी सदस्यहरूको सपथ ग्रहण गराउनेलगायतका एजेण्डामा छलफल हुन लागेको हो ।

केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बाँकी केन्द्रीय सदस्यहरूको शपथग्रहण, महाधिवेशनको सामान्य समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरूको मनोनयन, पोलिटब्युरो गठन, स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद गठन, कार्यविभाजनलगायतमा छलफल हुनेछन् ।

यसैगरी, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालयको व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयता क्रम निर्धारण, जनसंगठन सुदृढीकरण अभियानलगायतका एजेन्डामा छलफल हुने तामाङले जानकारी दिएका छन ।

बैठक जर्मन हाउस हस्पिलालिटी गठ्ठाघरमा शनिबार दिउँसो १ बजेदेखि सुरु हुँदै छ । गत १० मंसिरमा १० औं महाधिवेशनवाट नयाँ नेतृत्व चयन गरेको नेकपा एमालेले केन्द्रीय समितिको पहिलो बैठक सौराहा, चितवनमा सम्पन्न गरेको थियो ।

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १० : ०७ बजे

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा