२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

अर्थले बजेट नदिएपछि लुम्बिनी प्रदेशसभाको भवन निर्माण रोकियो



बुटवल । अर्थ मन्त्रालयले बजेट निकासा नगरेपछि लुम्बिनी प्रदेशसभाको निर्माणाधीन भवनको काम रोकिएको छ । दाङ देउखुरीस्थित राप्ती गाउँपालिका-३ को राप्ती प्राविधिक शिक्षालय हाताभित्र निर्माण भइरहेको भवनको काम निर्माण कम्पनीले तीन दिनदेखि रोकेको हो ।

प्रदेशसभाको हिउँदै अधिवेशन नयाँ भवनमा गर्ने गरी भवन निर्माण सम्पन्न गर्ने भनिए पनि एकाएक काम रोकिएपछि निर्माणअवधि फेरि लम्बिने भएको छ । हाल प्रदेशसभाको अधिवेशन बुटवलमा भाडाको घरमा सञ्चालन भइरहेको छ । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले अर्थले बजेट नदिँदा काम रोकिएको बताए ।

‘हामीले प्रदेशसभा भवनको डिजाइन परिवर्तन गरी अर्थमन्त्रालयसँग थप तीन करोड रकम माग गरेका थियौं, तर अर्थले स्वीकृति नदिएकाले तत्कालका लागि काम रोकिएको छ’, उनले भने ।

प्रदेशसभा भवनको लागत पाँच करोड २९ लाख रुपैयाँ भएपनि डिजाइन परिवर्तन गर्दा थप बजेट लाग्ने भएपछि अर्थमन्त्रालयसँग माग गरिएको उनको भनाई छ । ‘भवनमा ढुंगाको छानो, सो छानो लगाउँदा आवश्यक पर्ने फलामको पातालगायतका सामग्री थप्न प्रदेश पूर्वाधार विकास प्राधिकरणले १० दिनअघि अर्थसँग बजेट मागिएको थियो’, उनले भने ।

आवश्यक बजेटको मागसहित प्राधिकरणले अर्थमन्त्रालयमा भेरिएसनका लागि भन्दै पत्र पठाएको हो । ‘अहिले छुट्टिएको बजेट नयाँ संरचना थप्नका लागि अपुग हुन्छ, बजेट अपुग हुन भएपछि काम रोकिएको हो’, उनले भने ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख घिमिरेका अनुसार हालसम्म भवनको ६५ प्रतिशत काम सम्पन्न भइसकेको छ । प्रदेशसभाको हिउँदे अधिवेशन यही भवनमा गर्ने गरी निर्माण कम्पनीले दिन र रात गरी दुई सिफ्टमा काम गरिरहेको थियो ।

प्रदेशसभाको भवन निर्माणका लागि गत २४ वैशाखमा ठेक्का सम्झौता गरी निर्माण कार्यको सुरुवात गरिएको थियो । ठेक्का सम्झौतामा २०७८ साउन मसान्तभित्रै भवन निर्माण गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने उल्लेख छ । तर, सम्झौता अनुसार काम नभएपछि निर्माण कम्पनी परिवर्तन गरी अर्कोलाई ठेक्का दिइएको हो ।

सुरुमा भवन निर्माणका लागि ड्रागन जेभी बस्नेतलाई ठेक्का दिइएकोमा सम्झौता अनुसार काम नभएपछि अर्का निर्माण व्यवसायी यज्ञ केसीलाई निर्माणको जिम्मा दिइएको छ । -न्यूजकारखाना

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ११ : ५७ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको