१९ बैशाख २०८१, बुधबार | May 1, 2024

नेपालको जमिन बाँझो राखेर भारतलाई पानी दिन सकिँदैन : केपी ओली



कपिलवस्तु । एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा नेतृत्वको सरकार निकम्मा रहेको बताएका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका-८ बहादुरगन्जमा जसपा केन्द्रीय सदस्य मंगल प्रसाद गुप्तालाई प्रवेश गराउँदै कम्युनिष्ट सरकार ढालेर निकम्मा सरकार गठन गरेको टिप्पणी गरे ।

ओलीले आफू प्रधानमन्त्री भएको बेलामा धेरै काम भएको जनाएका थिए । उनले आफू नेतृत्वमा रहँदा भूकम्पले ढलेका संरचना निर्माण, खरको छानामुक्त अभियान, जनता आवास कार्यक्रम, हुलाकी राजमार्ग निर्माणजस्ता लोकप्रिय काम गरेको बताए ।

उनले एमाले विकासको नीति लिएरअघि बढेकोले पार्टीप्रति जनताको विश्वास बढेको दाबी गर्दै देशभर एमाले प्रवेशको लहर चलेको बताए । सत्तारुढ गठबन्धनप्रति कडा आलोचना गर्ने ओलीले कपिलवस्तुमा भने गाली गर्न समय खर्च गर्न नचाहेको बताए । प्रचण्ड र माधव नेपालप्रति इंगित गर्दै उनले राधेराधेको नाम लिएर झुक्याउन आउने बताए ।

ओलीले नेपालको जमिन बाँझो राखी भारतलाई पानी दिन नसकिने बताए । ‘यता नेपालतर्फको जमिन बाँझो छ । उता भारततर्फ नेपालको पानीले सिँचाइ भई खेती भएको छ,’ ओलीले भने । कपिलवस्तुमा सिँचाइको लागि नौमुरे जलाशय परियोजना आवश्यक रहेको बताए ।

सभालाई सम्बोधन गर्दै एमाले महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा एमालेले स्पष्ट बहुमत ल्याउने दाबी गरे ।

उनले देउवा नेतृत्वको सरकार लक्ष्य, उद्देश्य, गन्तव्य विहिन भएको बताए । लुम्बिनी प्रदेशमा पूर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेलले नेपालका गुमेका भूमिसहितको नक्सा सार्वजनिक गरेका कारण ओली सरकार ढालेको दाबी गरे ।

कार्यक्रममा एमाले सचिव लेखराज भट्टले सबै पालिकामा औधोगिक ग्राम निर्माण गरिँदा देशमा आर्थिक क्राान्ति आउने विश्वास गरेका थिए । सभामा अर्का सचिव छविलाल विश्वकर्माले पाँच दलिय गठबन्धनको सरकार चाँडै ढल्ने बताए ।

कार्यक्रममा जसपा केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित कार्यकर्ता एमाले प्रवेश गरेका थिए । एमाले प्रवेश गरेका गुप्ताले कृष्णनगर लगायत कपिलवस्तुका पश्चिमी भेगको विकासको लागि एमाले प्रवेश गरेको बताए ।

 

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ६ : ४४ बजे

गैरकानुनी बाटोबाट रोजगारीमा नजान दूतावासको आग्रह

काठमाडौं । इस्लामावादस्थित नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश

श्रमिकको हितसँग जोडिएका नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिकको हितसँग जोडिएका नीतिगत

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सभामुखको शुभकामना

काठमाडौं । सभामुख देवराज घिमिरले अन्तर्राष्ट्रिय श्रमिक दिवसले मजदुरको सामाजिक

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति