४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

चीनमा फेला पर्‍याे साढे ६ करोड पुरानो डायनोसरको भ्रुण



बेइजिङ । वैज्ञानिकहरुले पूर्ण रुपमा संरक्षण गरिएको अन्डाबाट कोरल्न तयार पारिएको डायनोसरको भ्रुण फेला पारेको घोषणा गरेका छन् । सो भ्रुण कुखुराको भर्खरै कोरल्न लागिएको चल्ला जस्तो देखिएको बताइएको छ ।

दक्षिणी चीनको घानझोउमा सो भ्रुण फेला परेको हो । भ्रुण ६ करोड ६० लाख वर्षअघिको हुन सक्ने वैज्ञानिकहरुको अनुमान छ ।

सो भ्रुण दाँतविहीन थेरोपोड डायनोसरको भएको विश्वास गरिएको छ र त्यसलाई बेबी यिङलियाङ नाम दिइएको छ ।

अनुसन्धानकर्ता डा. फिओन वाइसुम माले भने, ‘इतिहासमा नै अहिलेसम्मकै डायनोसरको राम्रो भ्रुण पत्ता लागेको छ । ’

पछिल्लो आविश्कारले अनुसन्धानकर्ताहरुलाई डायनोसर र आधुनिक चराहरुबीचको सम्बन्धको बृहत ज्ञान प्रदान गरेको छ । सो भ्रुण घुमाउरो अवस्थामा देखिएको जिवाश्मले देखाएको छ । चराहरुले अन्डा कोरल्नुअघि यस्तै घुमाउरो आकारा देखिन्छ ।

‘आधुनिक चराहरुमा पनि यस्तै स्वभाव देखिन्छ । उनीहरु डायनोसरको पुस्ताबाट उत्पत्ति भएको पुष्टि हुन्छ,’ डा. माले भने ।

‘फेला परेको भ्रुण डायनोसरको निकै अनौठो जीवाश्म हाे,’ अनुसन्धान समूहका सदस्यसमेत रहेका जीवाश्म विशेषज्ञ प्राध्यापक स्टेभ ब्रुसेटले ट्विट गरेका छन् ।

बेबी यिङलियाङ नाम दिइएको सो जीवाश्मको टाउकोदेखि पुच्छरसम्मको लम्बाई १० दशमलब ६ इन्च छ । जिवाश्म हाल चीनको यिङलियाङ स्टोन नेचर हिस्टोरी म्युजियमा ६ दशमबल ७ इन्च लामो अन्डाभित्र छ ।

सो अन्डालाई सबैभन्दा पहिले सन् २००० मा फेला पारिएको थियो । अन्डालाई १० वर्षसम्म भन्डारण गरेर राखिएको थियो ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ८ : ५७ बजे

पशुपतिमा एकैदिन ६ लाखभन्दा बढीले गरे दर्शन

काठमाडौं । महाशिवरात्री पर्वका अवसरमा आइतबार पशुपतिनाथ मन्दिर मा भक्तजनको

मुग्लिन-मलेखु सडकमा कालोपत्र गरिँदै

चितवन । पृथ्वी राजमार्गको नागढुङ्गा-मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने

सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्रहरू

मुस्ताङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

तुलसी घिमिरेको ‘पहाड’ वैशाख १ बाट प्रदर्शन

काठमाडौं । वरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी

पाकिस्तानमाथि ६१ रनको प्रभावशाली जित, भारत एक खेलअघि नै सुपर-८ मा

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह ‘ए’ को महत्वपूर्ण प्रतिस्पर्धामा