६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

ब्यापार मेलामा कलाकारसंग रमाउंदै दर्शक



बुटवल, ९ पुस । बुटवलमा सञ्चालित चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलामा सांस्कृतिक कार्यक्रमको रौनक शुरु भएको छ । बिहीबार उद्घाटन भएको मेलामा शुक्रबारदेखि विविध सांस्कृतिक कार्यक्रम शुरु भएका छन् ।

उद्योग ब्यापार संघ बुटवलको आयोजनामा देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म सञ्चालित मेलामा लोकदोहोरी तथा आधुनिक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति शुरु भएको हो ।

कोरोना महामारीका कारण दुई वर्षसम्म बुटवलमा मेला महोत्सवहरु हुन नसकेको अवस्थामा आयोजित मेलामा दर्शकहरु आफूलाई मन पर्ने कलाकारको प्रस्तुतिमा रमाउन पाएका छन् । राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति हेर्न संगीत पारखी दर्शकको मेलामा राम्रो उपस्थिति हुन थालेको सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीले बताए ।

शुक्रबार लोक दोहोरी गायक विष्णु खत्री, सपना गाहा, श्रीनिवास थारुले गीतमार्फत र सविता भुसालले नृत्यमार्फत दर्शकलाई मनोरन्जन प्रदान गरेका छन् । यस्तै एकलाख पुरस्कार राशीको डान्स आइडल, विद्यालयस्तरीय नृत्य प्रतियोगिताका प्रतियोगीको प्रस्तुति पनि रहेको थियो । शनिबार चर्चित लोक दोहोरी कलाकार खुमन अधिकारी, सम्झना भण्डारी, मोडल अभिषेक खड्का लगायतका कलाकारको प्रस्तुति रहने प्रचार प्रसार उपसमिति संयोजक जनेश पन्थीले बताए । मेलामा किनमेल र नयां उत्पादन अवलोकन, बाल उद्यानमा रमाउन पनि अवलोकनकर्ताको भीड लाग्न थालेको उनले बताए ।

निःशुल्क दन्त परामर्श र रक्तदान
मेलामा शुक्रबारदेखि निःशुल्क दन्त परामर्श सेवा शुरु भएको छ । उद्योग ब्यापार संघ बुटवलका वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थीले उक्त सेवाको उद्घाटन गरेका छन् । मेला अवधिभर दर्शकलाई दांतसम्बन्धी समस्याबारे दन्त चिकित्सक डा. काजोल श्रेष्ठ, डा. मनिला गुरुङ लगायतले निःशुल्क चेकजांच गरी परामर्श दिने अमृत भुसालले बताए । यस्तै मेलामा हरेक दिन रक्तदान गर्ने व्यवस्था पनि मिलाइएको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १० : ३१ बजे

म्यानचेस्टर सीटीका फोडेन बने प्रिमियर लिगको उत्कृष्ट खेलाडी

काठमाडौं । फिल फोडेन यस सिजनको प्रिमियर लिगको उत्कृष्ट खेलाडी

दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका-४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली-जामुनेको वैकल्पिक मार्ग घुम्ती-रानीटारीखण्ड १६

बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, अन्य २ जना घाइते

बुटवल । बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको

बैंगलुरु आइपिएलको प्लेअफमा प्रवेश

काठमाडौं । चेन्नइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु