४ पुस २०८२, शुक्रबार | December 20, 2025

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । पार्टी मुख्यालय पेरिस डाँडामा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो । यसअघि शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रथम राष्ट्रिय सम्मेलनका लागि पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आजको बैठकमा थप छलफल र अध्ययन हुने बताइएको छ ।

यसअघि शुक्रबार बसेको बैठकले पुष ११ देखि १३ गतेसम्म हुन गइरहेको प्रथम राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि टुंग्याएको छ । माओवादी केन्द्रका पार्टी प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनका लागि नियमित प्रक्रियाबाट आउने एक हजार चार सय ८३ जना प्रतिनिधि टुंग्याउने निर्णय भएको बताए । जसमा आयोजक, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकारहरु सबै रहने जनाइएको छ ।

त्यसैगरी, यसअघि ५ प्रतिशत प्रतिनिधि मनोनित गर्ने बताइए पनि पार्टी एकताको प्रक्रियामा आउने संख्या पनि जोडेर दश प्रतिशत प्रतिनिधि मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता महराले बताए । यसको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रमा पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरिएको छ ।

शुक्रबार बसेको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरेका हुन् ।

अहिले विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित पाँच जना मात्रै पदाधिकारी रहने व्यवस्था छ । तर अध्यक्ष प्रचण्डले पदाधिकारी १५ बनाउने प्रस्ताव बैठकमा गरेका छन् ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ५ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको