१६ बैशाख २०८१, आइतबार | April 28, 2024

प्रदेशको राजधानी नहुदैमा बुटवलको बिकासमा कुनै फरक पर्दैन : गृहमन्त्री खाण ​



बुटवल । गृहमन्त्री बालकृष्ण खाणले प्रदेशको राजधानी नहुदैमा बुटवलको बिकासमा कुनै फरक नपर्ने बताएका छन् । आफ्नै ईतिहास र बलबुताले बुटवल अहिलेको अवस्थामा स्थापित भएको उल्लेख गर्दै गृहमन्त्री खाणले राजधानी नरहे पनी बुटवल बुटवल नै रहने बताएका हुन् ।

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको साधारणसभा तथा तेस्रो अधिवेशन सनिवार उद्घाटन गर्दै गृहमन्त्री खाणले सबैको साझा प्रयत्नबाट बुटवललाई अब्बल बनाउन सकिएको बताए । गृहमन्त्री खाणले रुपन्देहीको बिकासका लागि आफ्नो क्षेत्रबाट धेरै प्रयासहरु भईरहेपनी बिकासका लागि गरेको पहलको जस भने नलिने बताए । ´जनताले बिकासका लागि नै जनप्रतिनिधि निर्वाचित गरेका हुन्, जे कामका लागि जनताले पठाएका हुन् त्यही काम गर्दा के जस लिनु ।´ उनले भने ।

गृहमन्त्री खाणले बिज्ञान र प्रविधिको बिकासले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल गरेपनी गरिबिको संख्या भने बढेको बताए । ´स्वास्थ्य क्षेत्रमा सरकारि अस्पताल कमजोर हुदा जनताले निजि अस्पतालमा महङ्गो उपचार लिन बाध्य भएकोले सरकार सरकारी तथा सामुदायिक अस्पतालहरुको प्रवर्द्धन गर्न अग्रसर रहेको बताए । ´मानिसले जीवन लम्बाउन भएको सम्पत्ति सबै बिक्री गरेर भएपनी निजि अस्पतालमा उपचार गर्न बाध्य छन्, जसले गर्दा उपचार पछि अस्पतालबाट फर्किदा घरजग्गा सबै सकिने अवस्थामा पुगेका छन् ।´ गृहमन्त्री खाणले भने ।

उनले गौतमबुद्ध सामुदायिक अस्पतालको लागि तिलोत्तमा नगरपालिकामा प्रस्ताव गरिएको जग्गा हालसम्म पनि उपलब्ध हुन नसक्नु दु:खद रहेको उल्लेख गर्दै आफुले सरकारको तर्फबाट जग्गा उपलब्ध गराउन पहल गर्ने बताए ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  १२ : ५१ बजे

नेपालगन्जका संस्थागत विद्यालयमा हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश

अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको अनुभव : ‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ’

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीले नेपालमा लगानीमैत्री वातावरण भएको