२३ असार २०८३, मंगलबार | July 7, 2026

प्रदेशको राजधानी नहुदैमा बुटवलको बिकासमा कुनै फरक पर्दैन : गृहमन्त्री खाण ​



बुटवल । गृहमन्त्री बालकृष्ण खाणले प्रदेशको राजधानी नहुदैमा बुटवलको बिकासमा कुनै फरक नपर्ने बताएका छन् । आफ्नै ईतिहास र बलबुताले बुटवल अहिलेको अवस्थामा स्थापित भएको उल्लेख गर्दै गृहमन्त्री खाणले राजधानी नरहे पनी बुटवल बुटवल नै रहने बताएका हुन् ।

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको साधारणसभा तथा तेस्रो अधिवेशन सनिवार उद्घाटन गर्दै गृहमन्त्री खाणले सबैको साझा प्रयत्नबाट बुटवललाई अब्बल बनाउन सकिएको बताए । गृहमन्त्री खाणले रुपन्देहीको बिकासका लागि आफ्नो क्षेत्रबाट धेरै प्रयासहरु भईरहेपनी बिकासका लागि गरेको पहलको जस भने नलिने बताए । ´जनताले बिकासका लागि नै जनप्रतिनिधि निर्वाचित गरेका हुन्, जे कामका लागि जनताले पठाएका हुन् त्यही काम गर्दा के जस लिनु ।´ उनले भने ।

गृहमन्त्री खाणले बिज्ञान र प्रविधिको बिकासले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल गरेपनी गरिबिको संख्या भने बढेको बताए । ´स्वास्थ्य क्षेत्रमा सरकारि अस्पताल कमजोर हुदा जनताले निजि अस्पतालमा महङ्गो उपचार लिन बाध्य भएकोले सरकार सरकारी तथा सामुदायिक अस्पतालहरुको प्रवर्द्धन गर्न अग्रसर रहेको बताए । ´मानिसले जीवन लम्बाउन भएको सम्पत्ति सबै बिक्री गरेर भएपनी निजि अस्पतालमा उपचार गर्न बाध्य छन्, जसले गर्दा उपचार पछि अस्पतालबाट फर्किदा घरजग्गा सबै सकिने अवस्थामा पुगेका छन् ।´ गृहमन्त्री खाणले भने ।

उनले गौतमबुद्ध सामुदायिक अस्पतालको लागि तिलोत्तमा नगरपालिकामा प्रस्ताव गरिएको जग्गा हालसम्म पनि उपलब्ध हुन नसक्नु दु:खद रहेको उल्लेख गर्दै आफुले सरकारको तर्फबाट जग्गा उपलब्ध गराउन पहल गर्ने बताए ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  १२ : ५१ बजे

सात प्रतिशत आर्थिक वृद्धिलाई भरथेग गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलालीमा भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित

ठमेलमा बढे भारतीय पर्यटक, पोखराका होटलसमेत भरिभराउ

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय

बुटवलबाट काठमाडौंतर्फ जादैं गरेको ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-४ तारेभिरस्थित पूर्व-पश्चिम राजमार्गमा ईभी