२३ असार २०८३, मंगलबार | July 8, 2026

‘जनयुद्धकालीन मुद्दा’मा तीन जना अझै थुनामा, माओवादीको आपत्ति



काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनयुद्धकालीन मुद्दा’मा आफ्ना तीन कार्यकर्तालाई पक्राउ गरी बन्दी बनाएको भन्दै आपत्ति जनाएको छ ।

मोरङका झलक भगत, गोरखाका विक्रम गुरुङ र कालीकोटका सिंहबहादुर शाहलाई ‘जनयुद्धकालीन मुद्दा’मा पक्राउ गरी बन्दी बनाएपछि माओवादीले आपत्ति जनाएको हो ।

सो घटनालाई लिएर माओवादीको आठौं महाधिवेशनमार्फत समसमायिक प्रस्ताव पारित गर्दै बन्दी रिहाइको अपिलसमेत गरेको छ ।

‘नेपाली जनताको बलिदानीपूर्ण संघर्षका रूपमा सञ्चालित महान् जनयुद्धमा भागलिएका मोरङको क। झलक भगत, गोरखाका क. विक्रम गुरुङ र कालिकोटका क. सिंहबहादुर शाह लगायत पूर्व जनमुक्ति सेनाका सदस्यहरू माथि जनयुद्धकालीन मुद्दाका आधारमा बन्दी बनाइएको छ’ प्रस्तावमा अगाडि भनिएको छ, ‘यो महाधिवेशन उहाँहरूमाथि लगाइएका मुद्दा खारेज गर्न र थुनामा रहेका व्यक्तिहरूलाई अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ ।’

माओवादी महाधिवेशनले ४५ वटा समसामायिक प्रस्ताव पारित गर्ने क्रममा उक्त पक्राउ घटनालाई सम्बोधन गरेको हो ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ११ : ५९ बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको