१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

जुलुस, धर्ना, विरोध प्रदर्शनमा रोक लगाउने मन्त्रिपरिषद्को निर्णय, विवाह व्रतबन्धमा २५ जना भन्दा धेरै उपस्थित हुन नपाइने



काठमाडौं । सरकारले सबै प्रकारका जुलुस, धर्ना, विरोध प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सम्भावित तेस्रो लहरलाई कम गर्न सबै प्रकारका जुलुस, धर्ना र विरोध प्रदर्शनका कार्यक्रममा रोक लगाउने निर्णय गरेको हो ।

कोरोना संक्रमितको संख्या दैनिक तिव्र गतिमा बढिरहँदा सरकारले त्यसको नियन्त्रणका लागि कडाइ गर्ने भएको छ ।

त्यस्तै सरकारले विवाह विवाह, ब्रतबन्ध लगायतका धार्मिक कार्यक्रममा अधिकतम २५ जनाको सीमा तोक्ने निर्णय गरेको छ । यसअघि नै सरकारले विद्यालयहरु बन्द गरेको थियो ।

यसअघि नै काठमाडौंमा भने जिल्ला प्रशासन कार्यालयले २५ जना भन्दा धेरै भेला हुन नपाउने निर्णय गरेको थियो ।

दैनिक रुपमा कोरोना संक्रमित बढ्दै जाँदा सरकारले कोरोना नियन्त्रणका लागि भन्दै थप व्यवस्था गरेको छ । पछिल्लो २४ घण्टामा मात्र ५ हजार बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ९ : ५७ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ