५ पुस २०८२, शनिबार | December 20, 2025

एकीकृत समाजवादीका उपमहासचिव पौडेल भन्छन् – स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिन्छ



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव डा विजय पौडेलले सत्ता गठबन्धन दलबीचको सल्लाहबाट स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित समाजवादी प्रेस सङ्गठन नेपालका पदाधिकारीको शपथ कार्यक्रममा पौडेलले गठबन्धन दलबीच सहमति भएपछि सरकारले स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताएका हुन् ।

उपमहासचिव डा पौडेलले पत्रकारिता पेशाप्रति जिम्मेवार भएर देश र जनताप्रति सेवाको भावनाले क्रियाशील रहन पदाधिकारीलाई आग्रह गर्दै राजनीतिक रुपमा लोकतान्त्रिक प्रणालीको रक्षा गर्नुपर्नेमा जोड दिए । उनले मुलुकलाई समुुन्नत बनाउन यही प्रणालीबाट सुशासन कायम गर्न सकिने बताए ।

कार्यक्रममा उपमहासचिव डा पौडेलले समाजवादी प्रेस सङ्गठन नेपालका पदाधिकारीलाई शपथ गराएका थिए । सो अवसरमा सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले व्यावसायिक पत्रकारको हकहित र अधिकार संरक्षण गर्नुका साथै उनीहरुलाई देशभर सङ्गिठत गरी बलियो सञ्जाल विस्तार गर्ने योजना रहेको बताए ।

महासचिव भुपराज खड्काले सङ्गठनले आगामी फागुन ७ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्न लागकाले त्यसको तयारी भइरहेको जानकारी दिए ।

२२ सदस्यीय पदाधिकारी रहेको उक्त सङ्गठनमा काठमाडौंमा उपलब्ध पदाधिकारीले शपथ लिएका हुन् ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ५ : ०५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको