६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

राष्ट्रियसभाको निर्वाचन सम्पन्न, नतिजा आजै आउने



काठमाडौं । राष्ट्रियसभाको रिक्त १९ पदका लागि भएको मतदान सम्पन्न भएको छ ।

सातै प्रदेशका तोकिएका मतदान केन्द्रमा बिहान ९ बजेदेखि सुरु भएको मतदान  दिउँसो ३ बजेदेखि सम्पन्न भएको हो ।

मतदानको नतिजा आजै रातिसम्म आउने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै निर्वाचन कार्यालयमा मतपेटिका लगिने र सर्वदलीय बैठक बसेपछि मतगणना सुरु हुने आयोगले जनाएको छ । कुनै अप्ठेरो अवस्था नआइलागेमा आजै साँझसम्म मतपरिणाम आइसक्ने पनि आयोगले जनाएको छ ।

आगामी फागुन २० गते नेकपा ९एमाले०का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले ती रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो ।

सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार निर्वाचन प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ३ : ०४ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का