१७ बैशाख २०८१, सोमबार | April 29, 2024

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका तीन जना नै विजयी



धनगढी । राष्ट्रियसभा सदस्यका लागि सुदूरपश्चिममा भएको निर्वाचनमा गठनबन्धन समूहबाट उम्मेदवारी दिएका तीन जना नै विजयी भएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका दलित तर्फका उम्मेदवार जगत पार्की, गरिमा शाह र नारायणदत्त मिश्र निर्वाचित भएका हुन् । दलित तर्फ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत पार्कीले १०५ मतभार ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश विकले ७९ मतभार मात्र प्राप्त गरेका छन् । दलित तर्फका तीन मत बदर भएका थिए ।

यसैगरी महिला सदस्य तर्फ कैलालीकी गरिमा शाह विजयी भएकी छन् । नेकपा एकिकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएकी शाहले प्रदेशसभातर्फ एक हजार ८७२ मतभार र स्थानीय तहतर्फ एक हजार ९६२ मतभार पाएर निर्वाचित भएकी हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ एक हजार १५२ मतभार प्राप्त गरेकी छन् । विजयी शाह नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत हुन् ।

यसैगरी राष्ट्रियसभाको खुला सदस्य तर्फ कैलालीका नारायणदत्त मिश्र विजयी भएका छन् । कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका मिश्र १४३ मतभार ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार डोटीका डिल्लीराज भट्टले ८२ मतभार प्राप्त गरेका छन् ।

यस्तै दुई मत बदर भएको निर्वाचन कार्यालय प्रमुख प्रेमदत्त भट्टले बताए । मतदानमा ५२ प्रदेशसभा सदस्य र १७५ स्थानीय तहका जनप्रतिनिधिसहित २ सय २७ मतदाता सहभागी भएका भट्टले बताए । सुदूरपश्चिम राष्ट्रिय सभाको तीन सदस्यका लागि बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान अपरान्ह ३ बजे सम्पन्न भएको थियो ।

राष्ट्रिय सभाको १९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ५ : ३९ बजे

लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार

काठमाडौं । काठमाडौँमा हिजोदेखि सुरूभएको तेस्रो लगानी सम्मेलनमा नेपालले ‘लगानीमा

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी

काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण

न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग हुनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना