१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

पर्वत र बागलुङको सिमानामा प्रहरी चौकी स्थापना



कुश्मा । बागलुङ र पर्वतको सिमानामा पहिलोपटक प्रहरी चौकी स्थापना गरिएको छ ।

पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गामा हिजोदेखि अस्थायी प्रहरी चौकी सञ्चालनमा आएको हो ।

बढ्दो जनघनत्वसँगै हुनसक्ने गैरकानुनी गतिविधि रोकथाम गर्नका लागि मध्यपहाडी लोकमार्ग र कालीगण्डी करिडोरको मिलनविन्दुसमेत रहेकाले सो ठाउँमा प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।

दुवैतर्फका राजमार्गमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न र कालीगण्डकी नदीबाट हुनसक्ने गिट्टी, बालुवाको अवैध उत्खनन नियन्त्रण गर्न प्रहरी चौकीले ठूलो भूमिका खेल्ने बुढाथोकीले बताए।

 

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १० : १८ बजे

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै