१७ बैशाख २०८१, सोमबार | April 29, 2024

विवादहरुकै बीच आईतबार प्रतिनिधिसभा बैठक बस्दै



काठमाडौं । संसदमा कायम रहेको विवाद कायम रहेकै अवस्थामा प्रतिनिधि सभाको बैठक माघ १६ आइतबार बस्ने भएको छ । पुस ७ गते बसेको बैठक पछि प्रतिनिभि सभाको त्यस यता बिभिन्न् कारणले बस्न सकेको थिएन । बैठक भोली दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

पुस ७ पछि पुस १८ का लागि राखिएको बैठक माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका कारण माओवादी केन्द्रले निवेदन दिएपछि स्थगित भएको थियो भन् पुस २२ गते नेकपा एमालेको बैठकका कारण बस्न सकेको थिएन । त्यस यता पुस २८ र माघ ३ का लागि बोलाइएको बैठक भने कोभिडका कारण स्थगित गरिएको थियो ।

सभामुख अग्नी सापकोटाको राजीनामाको एक सुत्रिय माग राख्दै नेकपा एमालेले जारी राखेको संसद् अवरोध तथा कोरोना संक्रमण उच्च रहेको अवस्थामा माघ १६ गतेका लागि बैठक बोलाइएको छ । प्रतिनिधि सभा बैठकको एजेण्डा तथा आगामी बैठकको मिति तय गर्न भन्दै आइतबार बिहान ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जनाएका छन् ।

 

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ८ : २१ बजे

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा