४ पुस २०८२, शुक्रबार | December 20, 2025

आवधिक निर्वाचन सम्पन्न गर्न पाँच दलिय गठबन्धन प्रतिबद्ध : प्रचण्ड



काठमाडौं । सत्ता गठबनधनका दलहरुले आज गरेको जेठ मसान्त भित्र स्थानीय तहको निर्वाचन गर्नेै सहमतिलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लोकतान्त्रिक मुल्य अनुरुपको प्रतिबद्धता भएको जनाएका छन् भने नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनमतको दवावमा बाध्यभएर सत्ता गठबन्धनले गरेको निर्णयको संज्ञा दिएका छन् ।

गठबन्धनको बैठक लगत्तै सामाजिक सञ्जालमा भनाई पोष्ट गर्दै अध्यक्ष प्रचण्डले देशलाई संविधानसम्मत ढंगले अगाडि बढाउन, लोकतान्त्रिक मुल्य अनुरुप आवधिक निर्वाचन सम्पन्न गर्न पाँच दलिय गठबन्धन प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

बैठकमा भएका छलफल पश्चात निर्णयहरु सार्वजनिक गर्दै उनले संविधानसँग बाझिएका निर्वाचन कानुन र ऎनलाई आवश्यक संशोधन गर्नको लागि सरकारलाई सुझाव दिने निर्णय भएको पनि जानकारी दिएका छन् ।

उता प्रचण्डको भनाई सार्वजनिक भएसँगै सञ्जालमा भनाई पोष्ट गर्दै एमाले महासचिव पोखरेलले सत्ता गठबनधनको स्थानिय तहको निर्वाचन टार्ने प्रयास असफल भएको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘स्थानिय तहको निर्वाचन टार्ने प्रयास असफल भएपछि सत्ता गठवन्धनले भनेछ( ुजेठ अगावै चुनाव गर्नेु । हो, यसैलाई भनिन्छ जनमतको तागत ।’

 

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  १० : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको