१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

विश्व क्यान्सर दिवसको अवसरका खजुरा क्यान्सर अस्पतालमा फलफूल र अण्डा वितरण



खजुरा । विश्व क्यान्सर दिवसको अवसर पारेर बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल र अण्डा वितरण गरिएको छ ।

२२ औं क्यान्सर दिवसको अवसरमा अस्पताल प्रशासनको संयोजनमा अस्पतालमा किमो थरापी गरिरहेका र तथा अन्य शल्यक्रिया गरि भर्ना रहेका बिरामीहरुलाई फलफूल र अण्डा वितरण गरिएको हो । अस्पतालमा उपचाररत बिरामीहरुलाई खजुरा गाँउपालिका प्रमुख किस्मत कुमार कक्षपति, अस्पताल विकास समितिका अध्यक्ष भक्तबहादुर केसी, अस्पतालका कार्यकारी प्रमुख डा. कृष्ण प्रसाद आचार्य लगायतले फलफूल सहित अण्डा वितरण गरेका थिए ।

२०७२ सालबाट सरकारको गठन आदेश अनुसार संघीय सरकारबाट संचालन हुँदै आएको अस्पतालमा क्यान्सरको पहिचान, शल्यक्रिया, किमो थेरापी सहित जनरल फिजिसियन, नाक, कान घाँटी, पत्थरी, ट्युमर जस्ता रोगको शल्यक्रियाको सेवा दिंदै आएको छ । रेडियो थरेपीको उपकरण आउने प्रक्रियामा रहेको र सो उपकरण जडान भएपछि खजुराको क्यान्सर अस्पतालले नाराणी नदीको पश्चिम क्षेत्रको नेपालीलाई पूर्णरुपमा क्यान्सरको उपचार सेवा दिन सक्ने कार्यकारी प्रमुख आचार्यले बताए ।

अस्पतालमा १० बढी शल्यक्रियाका , २७ जना किमोको सेवा लिईरहेका र १० बढी अन्य उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिएको थियो ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  २ : १८ बजे

बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग

गुल्मी । नेपाल पत्रकार महासङ्घ गुल्मी शाखाले रसुवा बाढी प्रभावितलाई

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी समकक्षीको फोन, आपत्कालीन राहत पठाउने प्रतिवद्धता

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद

भोटेकोसी बाढीमा बगेका ५३८ जनाको शव भेटियो

काठमाडौं । काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा