१ पुस २०८२, मंगलबार | December 16, 2025

विश्व क्यान्सर दिवसको अवसरका खजुरा क्यान्सर अस्पतालमा फलफूल र अण्डा वितरण



खजुरा । विश्व क्यान्सर दिवसको अवसर पारेर बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल र अण्डा वितरण गरिएको छ ।

२२ औं क्यान्सर दिवसको अवसरमा अस्पताल प्रशासनको संयोजनमा अस्पतालमा किमो थरापी गरिरहेका र तथा अन्य शल्यक्रिया गरि भर्ना रहेका बिरामीहरुलाई फलफूल र अण्डा वितरण गरिएको हो । अस्पतालमा उपचाररत बिरामीहरुलाई खजुरा गाँउपालिका प्रमुख किस्मत कुमार कक्षपति, अस्पताल विकास समितिका अध्यक्ष भक्तबहादुर केसी, अस्पतालका कार्यकारी प्रमुख डा. कृष्ण प्रसाद आचार्य लगायतले फलफूल सहित अण्डा वितरण गरेका थिए ।

२०७२ सालबाट सरकारको गठन आदेश अनुसार संघीय सरकारबाट संचालन हुँदै आएको अस्पतालमा क्यान्सरको पहिचान, शल्यक्रिया, किमो थेरापी सहित जनरल फिजिसियन, नाक, कान घाँटी, पत्थरी, ट्युमर जस्ता रोगको शल्यक्रियाको सेवा दिंदै आएको छ । रेडियो थरेपीको उपकरण आउने प्रक्रियामा रहेको र सो उपकरण जडान भएपछि खजुराको क्यान्सर अस्पतालले नाराणी नदीको पश्चिम क्षेत्रको नेपालीलाई पूर्णरुपमा क्यान्सरको उपचार सेवा दिन सक्ने कार्यकारी प्रमुख आचार्यले बताए ।

अस्पतालमा १० बढी शल्यक्रियाका , २७ जना किमोको सेवा लिईरहेका र १० बढी अन्य उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिएको थियो ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  २ : १८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज