२४ असार २०८३, बुधबार | July 8, 2026

महाअभियोगबारे छलफल गर्न कांग्रेसले बोलायो संसदीय दलको बैठक



काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव गरेको भोलिपल्ट कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान ९ बजे बस्ने गरी दलको बैठक बोलाएका हुन् ।

पदीय आचरण र व्यवार नदेखाएको, आर्थिक अनियमिततामा मुछिएको, न्याय सम्पादनमा कमजोरी गरेकोलगायतका कारण देखाउँदै कांग्रेसले प्रधानन्यायाधीश जबराविरुद्ध आइतबार महाअभियोग प्रस्ताव दर्ताका लागि आफ्ना पार्टीका सांसदरूको हस्ताक्षर गर्न लगाएको थियो ।

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने विषयमा सांसदहरूलाई नै जानकारी नगराएको भन्दै असन्तुष्टि देखिएको छ । आइतबार बसेको पदाधिकारी बैठकमा पनि नेताहरूले यसबारे पार्टीमा पहिले छलफल नभएको बताएका थिए । मंगलबार बस्ने दलको बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावबारे छलफल हुने कांग्रेसका नेतारू बताउँछन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  १ : ४७ बजे

रुपन्देहीमा असार २८ गते “लुम्बिनी वास्तु सम्मेलन २०८३” हुदैँ

बुटवल । सनातन वास्तु परम्पराको संरक्षण, अध्ययन, अनुसन्धान तथा प्रवद्र्धन

नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

स्थानीयतहका पदाधिकारी/सदस्यको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी

१२ हजार घुस लिएको अवस्थामा वन अधिकृत घुससहित पक्राउ

काठमाडौं । सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आश्वासन – ‘उद्योगीलाई धरपकड गर्ने सरकारको नीति छैन’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले निजी क्षेत्रलाई नियन्त्रण गर्ने