४ पुस २०८२, शुक्रबार | December 19, 2025

आजको संसद् बैठकमा एमसीसी टेबल गर्ने तयारी, त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै



काठमाडौं । सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेकाे छ । बैठक दिउँसाे १ बजे बस्दैछ ।

संघीय संसद सचिवालयले मंगलबार सार्वजनिक गरेकाे सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएकाे छैन, सत्तासीन कांग्रेसका नेताहरुले कार्यसूचीमा एमसिसी थपिने प्रतिक्रिया मंगलबार नै दिएका थिए ।

कांग्रेसकाे मंगलबार सम्मपन्न केन्द्रीय कार्यसम्पादन बैठकले एमसीसीलाई संसदमा टेबल गर्नुपर्ने निस्कर्ष निकालेकाे थियाे । प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले पनि सभामुखले एमसिसी राेक्न नमिल्ने बताइसकेका छन् । यद्यपि, मतदानमा एमालेकाे भूमिका के हुन्छ स्पष्ट छैन ।

सत्ता घटक माओवादी केन्द्र र एकीकृत समाजवादीले सदनबाहिर एमसीसीकाे विराेध गरिरहे पनि दबाबमा छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक बिहान साढे ११ बजे बस्दैछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ७ : २६ बजे

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त