१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

कार्यव्यवस्था समितिको बैठकअघि आफूनिकट नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली



काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूनिकटका नेताहरूसँग छलफल गर्ने भएका छन् । उनीहरूले आज बिहान आफू निकटका नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

बिहीबार राति एकअर्कासँगको कुराकानीपछि देउवा र ओलीले आफू नजिकका नेताहरूसँग छलफल गर्न लागेका हुन् । प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग भएको कुराकानी नेताहरूलाई सुनाउने उनको सचिवालय स्रोतले जनाएको छ ।

साथै, ओलीले पनि प्रधानमन्त्री देउवासँग भएको कुराकानी सुनाउनको लागि आफूनिकट नेताहरूलाई बालकोट बोलाएका छन् । देउवा र ओलीले कार्यव्यवस्था परामर्श समितिको बैठकअघि नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन् । आजै बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसिसी परेको छैन । तर, प्रधानमन्त्री देउवाले कार्यव्यवस्था समितिको बैठकमा सम्भावित कार्यसूचीमा एमसिसी राख्न सभामुख सापकोटालाई दबाब दिनसक्ने स्रोतले जनाएको छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ८ : ४९ बजे

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै

बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन खुला

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त अध्यक्ष

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौं । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका-१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय