काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूनिकटका नेताहरूसँग छलफल गर्ने भएका छन् । उनीहरूले आज बिहान आफू निकटका नेताहरूसँग छलफल गर्न लागेका हुन् ।
बिहीबार राति एकअर्कासँगको कुराकानीपछि देउवा र ओलीले आफू नजिकका नेताहरूसँग छलफल गर्न लागेका हुन् । प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग भएको कुराकानी नेताहरूलाई सुनाउने उनको सचिवालय स्रोतले जनाएको छ ।
साथै, ओलीले पनि प्रधानमन्त्री देउवासँग भएको कुराकानी सुनाउनको लागि आफूनिकट नेताहरूलाई बालकोट बोलाएका छन् । देउवा र ओलीले कार्यव्यवस्था परामर्श समितिको बैठकअघि नेताहरूसँग छलफल गर्न लागेका हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाले बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन् । आजै बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसिसी परेको छैन । तर, प्रधानमन्त्री देउवाले कार्यव्यवस्था समितिको बैठकमा सम्भावित कार्यसूचीमा एमसिसी राख्न सभामुख सापकोटालाई दबाब दिनसक्ने स्रोतले जनाएको छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।



















प्रतिक्रिया