४ पुस २०८२, शुक्रबार | December 19, 2025

१६४ दिनदेखिद संसद बैठक अवरुद्ध



काठमाडौं । प्रतिनिधिसभाको बैठक १६४ दिनदेखि अवरुद्ध छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको नाराबाजी कारण १६४ दिनदेखि संसद निरन्तर अवरुद्ध हुँदै आएको छ ।

गत भदौ २३ गतेको संसदको नवौँ अधिवेशनको पहिलो बैठकदेखि एमाले सांसदले निरन्तर अवरोध गर्दै आएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गर्दै बैठक अवरुद्ध गर्दै आएका छन् ।

एमालेले आफ्नो पार्टीबाट निष्काशित १४ सांसदलाई सभामुख सापकोटाले पदमुक्त नगरेर पार्टी विभाजनमा भूमिका खेलेको भन्दै उनीहरूले निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएका हुन् । निष्काशित १४ सांसदलाई पदमुक्त नगरेसम्म बैठक चल्न नदिने एमाले सांसदको चेतावनी छ ।

संसदको गतिरोध खुलाउनसभामुख सापकोटाले बोलाएको तीनवटा सर्वदलीय बैठकमा अनुपस्थित भएको एमालेले पार्टीबाट निष्काशित माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको सूचना जारी नगरेसम्म संसद अवरोध कायमै राख्ने बताएको छ ।

शुक्रबारको बैठकमा पनि उनीहरूको नाराबाजी चल्यो । आइतबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  २ : ११ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म