१७ भदौ २०८३, बुधबार | September 2, 2026

राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि, तीन प्रतिवेदन पेस हुने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज बुधबार बस्दैछ । बैठक दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर ब्यांक्वेटमा तय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी, भावि कार्ययोजना र विविध विषयमा छलफल हुनेछ ।

आजको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक, उपाध्यक्ष तथा सचिवालय प्रमुख हेमजंग गुरुङले सचिवालयको प्रतिवेदन, महामन्त्री तथा स्थानीय तहको निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धि प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । आजको बैठकमा प्रतिवेदन माथि छलफल सुरु हुनेछ । बैठक बिहीबारसम्म चल्नेछ ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ९ : २६ बजे

बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता

बझाङ । रोल परी सोह्र घर छ्या, त्यई परी घर

घट्न सकेन किशोरी आमा बन्नेक्रम

चितवन । स्वास्थ्य, शिक्षा र सचेतनाका दृष्टिले सुगम जिल्लाका रूपमा

‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’

म्याग्दी । म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक

प्रतिनिधिसभामा भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुँदै

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे

तास्मिनियाविरुद्ध नेपाल ‘ए’लाई ब्याटिङको निम्तो

काठमाडौं । अष्ट्रेलियामा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले तास्मिनियासँगको एकदिवसीय