१६ बैशाख २०८३, बुधबार | April 29, 2026

बाँकेमा लगातार मान्छे खाइरहेको बाघ नियन्त्रणमा



नेपालगन्ज । बाँकेको राप्तीपारी शृङ्खलाबद्ध आक्रमण गरि मान्छे खाने नरभक्षि पाटेबाघलाई नियन्त्रणमा लिइएकोछ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर–६ फत्तेपुरस्थित राप्ती पीडित सामुदायिक वनमा बुधबार बिहान बाघलाई ‘डार्ट’ गरि नियन्त्रणमा लिइएको हो ।

फत्तेपुरस्थित सिक्टाको पुर्वी नहर पारी राप्ती पीडित सामुदायिक वनभित्रबाट बुधबार विहान बाघलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख दधिलाल कँडेलले जानकारी दिए । विगत १२ दिनदेखी बाघ नियन्त्रण लिन भन्दै पाडो बाँधेर राखिएकोमा बुधवार पाडो माथि आक्रमण गर्न बाघ आएसँगै उक्त बाघलाई नियन्त्रणमा लिइएको हो ।

पाडोलाई शिकार गरी मासु खान आएको बाघलाई राष्ट्रिय प्रकृती संरक्षण कोषका प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय वन उपभोक्ता लगायतको टोलीले नियन्त्रणमा लिएको कंडेलले बताए ।

बाघले यही फागुन ७ गते प्रजातन्त्र दिवसका दिन राप्तीसोनारी गाउँपालिका वडा नम्बर–६ निवासी अन्दाजी ६० वर्षका धनबहादुर चलाउनेलाई आक्रमण गरेर मारेको थियो भने त्यसअघि बाघले फत्तेपुर–६ निवासी ३० वर्षीया चाँदनी थारु र राप्तीसोनारी–४ पर्सोनाकी ५३ वर्षीया लिला बिष्टलाई पनि आक्रमण गरेर मारेको थियो । बाघको आक्रमणबाट बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–१ गाभर र नरैनापुरमा पनि एक÷एक जनाको ज्यान गइसकेकोछ ।

बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा गरी ६ महिनाभित्र बाघले पाँच जनाको ज्यान लिएपनि बाघ नियन्त्रण बाहिर रहँदै आएको थियो ।

बाँके निकुञ्जले मान्छे खाने बाघलाई डार्ट गरि नियन्त्रणमा लिने प्रयास सोरुप बाँधिएको पाडो निकुन्जका कर्मचारीको आँखा छली बाघले शिकार गरि लगेको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ६ : ३२ बजे

कांग्रेस रामेछाप सभापति कान्छाराम तामाङ निलम्बित

काठमाडौं । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’

सरकारद्वारा थप तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

रातमा बस्नेगरी सगरमाथा आधार शिविरको ‘प्याकेज’ बेचे कारबाही

काठमाडौं । पर्यटन विभागले रातको समयमा सगरमाथा आधार शिविरमा बस्नेगरी

रास्वपा बैठकमा रवि लामिछानेको निर्देशन : शासन सुधार र सेवा प्रवाहमा जोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बुधबार बसेको