१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

नमस्ते एकेडेमीमा ओपेन हाउस



बुटवल । बालबालिकाहरुको शैक्षिक कृयाकलाप प्रत्येक्ष हेर्न नपाएका अभिभावकहरुलाई लक्षित गर्दै रुपन्देहीमा शैक्षिक विकासमा योगदान दिदै आएको नमस्ते एकेडेमीले शनिबार ओपेन हाउस कार्यक्रम संचालन गरेको छ। नया वर्षको भर्ना तालिकासंगै नमस्ते एकेडेमीले विद्यालयको शैक्षिक गतिविधि जानकारी दिने उदेश्यका साथ कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रममा विद्यालयले शैक्षिक क्षेत्रमा प्रदान गर्ने सम्पूर्ण कृयाकलापहरु अभिभावक तथा सञ्चारकर्मीहरुलाई देखाइएको थियो । प्रि पाइमेरी देखि १२ कक्षाका विद्यार्थिहरुलाई विद्यालयले उपलब्ध गराउने पद्दती, उपलब्ध साधनश्रोत, अतिरिक्त क्रियाकलाप लगायतका कार्यहरु आमन्त्रित सबैलाई प्रत्येक्ष देखाइएको थियो ।

कार्यक्रमको एक समारोहका बीच लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री वसुउदिन खानले उद्घाटन गरेका थिए । उदघाटन कार्यक्रममा बोल्दै मन्त्री खानले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताए। उनले समयसमपेक्ष प्रविधियुक्त शिक्षालाई सरकारले जोड दिएको भन्दै यसमा नीजि क्षेत्रको योगदान भुल्न नमिल्ने बताए ।

विद्यालयमा एक दिनमा गर्ने अध्ययनसंगै अन्य विविध क्रियाकलापहरु समेत डेमोका रुपमा अभिभावकहरुलाई देखाईएको थियो। शैक्षिक कक्षाकोठाहरु, खाना खाने कक्ष, लाईब्रेरी, अतिरिक्त क्रियाकलापहरुमा कराते, स्विमिङ, पेन्टिङ, गायनकला जस्ता गतिविधिहरु देखाईएको थियो।

कार्यक्रममा आमन्त्रितहरुलाई स्वागत गर्दै एकेडेमीका संचालक डिल्ली नारायण पाण्डेले विद्यालयको जानकारी दिने उदेश्य अनुसार कार्यक्रम गरिएको बताए। अभिभावकहरुलाई आफ्ना छोराछोरीहरु कसरी विद्यालयको वातावरणमा सिकाई गर्छन भन्ने ब्यवहारिक जानकारी दिन ओपन हाउस कार्यक्रम संचालन गरिएको बताए ।

कार्यक्रममा युके द बिट्रिस ईगलिस स्कुलका सिईयो राजेन कंडेल, नेपालका लागि बिट्रिस एजुकेसन ग्रुपका अध्यक्ष अरुण कुमार कंडेल संचालक कृष्ण अर्याल, राजेन्द्र कुवर, पुष्षा कंडेल, स्कुलका प्रिन्सिपल जिग्मे शेर्पाले अभिभावकलाई नाम अनुसारकै अन्तराष्ट्रिय स्तरको शिक्षा दिन सफल भएको बताए। हाल विट्रिस स्कुलका नेपालमा ६ वटा विद्यालयहरु संचालनमा छन।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ६ : १८ बजे

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a