२० बैशाख २०८१, बिहिबार | May 2, 2024

बुटवलमा खुल्यो राप्रपाको नगर प्रचार कार्यालय



बुटवल । बैसाख ३० गते हुनगइरहेको स्थानीय तह निर्वाचन नजिकिएसंगै दलहरुले चुनावी रफ्तारलाई तीब्र पारेका छन् । मनोनयन दर्ता सकिएसंगै दलहरु चुनावी अभियानलाई तिब्रता दिएका हुन् ।

बुटवल उपमहानगरको नेतृत्व लिने आकाँक्षा सहित राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवल उपमहानगर समितिले बुटवलमा नगरस्तरिय चुनाव प्रचार प्रसार कार्यालय उद्घाटन गरेको छ । राप्रपाको पार्टी कार्यालयको पार्टीका नेता एवं पुर्व मन्त्री निरन्जन थापाले उदघाटन गरे । राप्रपाले अमरपथ नजिकै नेपालगन्ज रोडमा नगरस्तरिय प्रचार कार्यालय खोलेको छ ।

प्रचार कार्यालय उदघाटन कार्यक्रममा बोल्दै राप्रपाका मेयरका उम्मेदवार मृगेन्द्र शेरचनले आफू बुटवलको धर्तीपुत्र भएको बताउंदै बुटवललाई व्यवस्थित र सुरक्षित शहर बनाउन आफु उम्मेदवार बनेको बताए ।

राप्रपा कै उपमेयरकी उम्मेदवार भगवती पाण्डेले मतदाताहरुले युवा उम्मेदवार खोजेका कारण आफुले उम्मेदवारी दिएको बताइन् ।

कार्यक्रममा पुर्व मन्त्री निरन्जन थापा, पार्टीका पुर्व केन्द्रीय सदस्य इर्साद आलम मिया,प्रदेश अध्यक्ष प्रदीप उदय,नगर अध्यक्ष निरजप्रताप खांण लगायतले राप्रपाले भ्रष्टाचार गर्नु आमाको रगत खानु सरहको अपराध हो भन्ने मान्यता बोकेर चुनावमा होमिएको धारणा राखेका थिए । स्थानीय तह निर्वाचनलाई राप्रपाले संबैधानिक राजा सहितको हिन्दु राष्ट्र, संघीयताको खारेज र भ्रष्टाचार मुक्त राष्ट्रको नारा सहित उपयोग गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा पार्टीका १९ वटै वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुलाई परिचय गराइएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १० : १२ बजे

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई