२४ बैशाख २०८१, सोमबार | May 6, 2024

खजुरामा अध्यक्ष तुफानबाट लिए उपाध्यक्ष सहित जनप्रतिनिधिले सपथ



खजुरा । बाँकेको खजुरा गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष मन्जु मल्ल, वडा अध्यक्ष र वडा सदस्यहरुले सपथ ग्रहण गरेका छन् । खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले नवनिर्वाचित खजुरा गाउँपालिकाका ८ वटा वडा अध्यक्ष र सदस्यहरुलाई कार्यालय परिसरमा सपथ ग्रहण गराएका थिए ।

सपथ ग्रहण कार्यक्रममा लुम्बिनी प्रदेश सासद आइपी खरेल, खजुरा गाउँपालिका निर्वतमान उपाध्यक्ष एकमाया विक, नेपाली कांग्रेस प्रदेश सभापति राजेन्द्र आर्चाय, नेपाली कांग्रेसका गाउँपालिका सभापति रमेश सिंजाली, माओवादी केन्द्रका खजुरा गाउँपालिका अध्यक्ष राज कुमार विक, लगायत विभिन्न राजनिति दलहरुका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

सपथ ग्रहण कार्यक्रममा बोल्दै प्रदेश सासद खरेलले गाउँपालिकाको जनप्रतिनिधि भएर निर्वाचित भैसकेपछि आम जनताको भावनालाई समेटेर काम गर्ने व्यक्तिका रुपमा आफुलाई प्रस्तुत गर्न सुझाव दिए । उनले भने, ‘निर्वाचित सम्पुर्ण जनप्रतिनिधिलाई म सफल कार्यकालको शुभकामना दिन चाहन्छु । तपाईहरुको काधमा जिम्मेवारीसँगै थुपै्र चुनौति पनि थपिएका छन । खजुराको विकासका लागि तपाईहरुले सबै राजनितिक दल र जनतालाई समान रुपमा भावना समेटेर अगाडी बढनु पर्छ । विगतको नेतृत्वले गरेको गल्ती यो टिमले गर्ने छैन भन्ने विश्वास छ ।’

नवनिर्वाचित अध्यक्ष तुफानले निर्वाचित सबै जनप्रतिनिधिलाई जनताको साझा नेता बनेर काम गर्न आग्रह गरे । स्थानीय तहको विकासमा जनतासँग हातेमालो गरेर अगाडी बढने उनले बताए । तुफानले भने,‘स्थानीय तहको सरकारको प्रतिनिधित्व गर्ने नेतृत्व हौं हामी । स्थानीय तहको जनसरकारमा जनताको सहभागिता हुनुपर्छ । जनतासँग मिलेर विकासका योजना अगाडी बढनेछन । हाम्रो पाँच वर्ष जनताको सेवक बनेर बित्नेछ । हामी शासक होइन जनतालाई साथमा लिएर हिड्ने हो ।’

 

 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ११ : १४ बजे

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको