२५ भदौ २०८३, बिहिबार | September 10, 2026

ओलीको ब्रिफिङ – चुनावमा पार्टीभित्रैबाट लाजमर्दो अन्तरघात भयो तर पार्टी हारेको छैन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा पार्टीभित्रबाटै लाजमर्दो अन्तरघात भएको टिप्पणी गरेका छन् ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बुधबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र यस्तो अन्तरघात होला भन्ने नसोचेको बताए । ‘कांग्रेसमा छैन, माओवादीमा छैन । तर लाजैमर्दो भयो हाम्रोमा’, ओलीले भने ‘यसबारे यसबारे गम्भीर समीक्षा गरिन्छ ।’

ओलीले पार्टीको सिट संख्या केही घटेपनि पपुलर मत भने नघटेको जिकिर गरे । सत्ता पक्षले चुनावमा ब्यापक धाँधली गरेको आरोप लगाउँदै ओलीले त्यस्तो अवस्थामा पनि पपुलर मत नघटेका कारण पार्टी हारेको भन्न नमिल्ने जिकिर गरेको सांसद शेरबहादुर तामाङले बताए ।

एमालेकै नेता तथा कार्यकर्ताले पनि आफ्ना उम्मेदवारलाई मत नदिएको बैठकको निष्कर्ष छ । ‘प्रमुखबाहेकमा एमालेले जितेको छ । तर, प्रमुखमा भोट हालेको देखिएन,’ तामाङले भने, ‘एमालेकै नेता कार्यकर्ताले पनि आफ्नै पार्टीका प्रमुख पदमा उम्मेदवारीलाई नहाल्ने व्यवहार देखियो ।’

के कारणले प्रमुख पदका उम्मेदवारलाई आफ्नै नेता कार्यकर्ताले भोट नदिएका विषयमा तल्लो कमिटीबाट कारण पत्ता लगाउन पत्राचारसमेत गरिएको उनले जानकारी दिए ।

संघीय संसदमा मंगलबार प्रस्तुुत गरिएको गरेको नीति तथा कार्यक्रममा नयाँ कुरा नआएको एमालेले दोहो¥याएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ५ : ५१ बजे

ग्रामीण विकास लघुवित्तद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग

बुटवल । नेपाल सरकारको समेत स्वामित्व रहेको नेपालको एकमात्र लघुवित्त

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी । त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी-१ जलविद्युत्

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

तनहुँ । पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा २२

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शिक्षाध्यक्षसहितका चार पदाधिकारी