७ आश्विन २०८३, बुधबार | September 23, 2026

रोहिणी खोलामा पुलबाट बस खस्यो, ९ जनाको मृत्यु



बुटवल । रुपन्देहीको रोहिणी खोलामा यात्रुवाहक बस पुलबाट खसेर दुर्घटनाग्रस्त भएको छ । जनकपुरबाट भैरहवाका लागि छुटेको लु२ख ३८४१ नम्बरको बस बिहान ४ः३० बजे भैरहवा–परासी सडक खण्ड अन्तर्गत रोहिणी पुलबाट खोलामा खसेको हो ।

पुलबाट खोलामा बस खस्दा बसमा सवार नौ जनाको मृत्यु भएको र २३ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

उपचारको क्रममा पाँच जनाको भैरहवास्थित मेडिकल कलेज र चार जनाको भीम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भैरहवाका प्रहरी नायव उपरीक्षक एवं रुपन्देही प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए । प्रहरीले मृतकको सनाखत गर्ने प्रयास गरिरहेको छ ।

गुडिरहेको अवस्थामा चालक निदाएका कारण बसले रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खसेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

तीनवटा जेसीभीको प्रयोग गरेर दुर्घटनामा परेको बसलाई सुल्टो बनाएर यात्रुको उद्धार गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ८ : १८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज