२४ बैशाख २०८१, सोमबार | May 6, 2024

जब ओलीलाई डाक्टर र नर्सले सुनाउँथे ‘सालको पात टपरी हुने’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अस्पतालमा उपचाररत हुँदा स्वास्थ्यकर्मीले गीत गायर आफूलाई सुनाउने गरेको स्मरण गरे । स्थानीय तह निर्वाचनमा नेकपा एमालेका पक्षमा जनमत सिर्जना गर्न योगदान गर्ने कलाकारहरूको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गीतको महत्त्वका बारेमा चर्चा गरेका हुन् ।

उनले सिर्जनामा शक्ति हुने र आफू बिरामी हुँदा पनि उपचारमा संलग्न डाक्टर र नर्सहरूलाई गीत गाउन लगाउने गरेको स्मरण गरेका हुन् । ‘तपाईंहरूको सिर्जनाको के अर्थ हुन्छ ? म अप्रेसन गरेर आइसियुमा बसेको थिए । तर, त्यहाँ मैले गाउन जाने पनि नजाने पनि डाक्टर, नर्स र काम गर्ने सबैलाई गीत गाउन लगाउँथे । किनकि बिरामीसँग झगडा गर्न हुँदैन । गाउनै पर्ने थियो,’ ओलीले भने ।

काममा व्यस्त हुँदा पनि उपचारमा संलग्न चिकित्सकहरूले आफूलाई जाँच्नुभन्दा पहिले गीत सुनाउने गरेको बताए । डाक्टर जाँच्न आउँदा पहिले एउटा गीत गाउने, नर्सले कुनै इन्जेक्सन लगाउँदा पहिले गीत गाउने गरेको उनी बताउँछन् ।

ओलीले ‘सालको पात टपरी हुने‘’ गीत डाक्टर र नर्सहरुले सुनाउने गरेको बताए । बिरामी अवस्थामा पनि गीत सुन्दा आनन्द हुने गरेको बताउँदै ओलीले मानव जीवनमा संगितको ठूलो महत्त्व रहेको स्मरण गरे । उनले गीतरसंगितभन्दा टाढा कोही रहन नसक्ने बताए ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ६ : ४८ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,